बिहीबार, साउन १, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • प्रभु क्यापिटलमा डिम्याट खाता भएकालाई ‘टोटल फिजिकल फिटनेस’मा बम्पर छुट

प्रभु क्यापिटलमा डिम्याट खाता भएकालाई ‘टोटल फिजिकल फिटनेस’मा बम्पर छुट

 |  आइतबार, भदौ ३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ३, २०८०

vianetvianet
प्रभु क्यापिटलमा डिम्याट खाता खोलेका सम्पूर्ण हितग्राही ग्राहकहरुको शारिरिक व्यायमको लागि ‘टोटल फिजिकल फिटनेस सेन्टरसंग’ सम्झौता गरेको छ। उक्त सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र ‘टोटल फिजिकल फिटनेस सेन्टरसंग’को तर्फबाट प्रबन्ध निर्देशक सुमन पण्डितले हस्ताक्षर गरेका हुन्।क्यापिटलका ग्राहकहरुले ‘फिटनेस सेन्टर’मा सेवा लिदाँ २८ प्रतिशतसम्म छुट पाउनका साथै निशूल्क कुपन पाउने भएका छन्। यो योजनाबाट लाभ लिन हितग्राहीहरुले बिल पेमेन्ट गर्दा प्रभु क्यापिटल लिमिटेडमा हितग्राही खाता रहेका जानकारी सहित हितग्राही खाता नम्बर ‘टोटल फिजिकल फिटनेस सेन्टरसंग’लाई उपलब्ध गराउनु पर्नेछ।यो अफरको लाभ क्यापिटलका हितग्राही ग्राहकले छुट सम्झौता भएको मितिबाट ५ वर्षसम्म लिन सक्नेछन्। काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा रहेको ‘टोटल फिजिकल फिटनेस सेन्टरसंग’ अत्याधुनिक उपकरणबाट सेवा प्रदान गरिरहेको छ। यस फिटनेस सेन्टरमा फ्लेक्स र टोन, तौल घटाउने, को–एड बक्सिङ, बर्न्स र एब्स, स्पिनिङ, किक बक्सिङ, स्टेप एण्ड टोन, कार्डियो, जुम्बा, योग र जिम जस्ता विभिन्न उपकरणहरु रहेका छन।
प्रकाशित: Aug 20, 2023| 18:11 आइतबार, भदौ ३, २०८०
प्रतिक्रिया दिनुहोस्