मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सांग्रिला मोटर्सको ‘सिट्रोन ई-सी थ्री’ हस्तान्तरण सुरु

सांग्रिला मोटर्सको ‘सिट्रोन ई-सी थ्री’ हस्तान्तरण सुरु

 |  आइतबार, भदौ ३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ३, २०८०

नेपालका लागि सिट्रोन सवारीसाधनको आधिकारिक विक्रेता सांग्रिला मोटर्सले ‘सिट्रोन ई-सी थ्री’ हस्तान्तरण सुरु गरेको छ। कम्पनीले यसअघि नै बुकिङ भइसकेका कार काठमाडौँको थापाथलीस्थित ‘ला मेजन सिट्रोन’ शोरुमबाट गाडी हस्तान्तरण सुरु गरेको हो।

National life

एक हप्ताभित्रै बिर्तामोड, इटहरी, विराटनगर, नारायणगढ, बुटवल, पोखरा, नेपालगञ्ज, दाङ र धनगढीका शोरुममा पनि उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ। सिट्रोन ई-सी थ्रीमा २९.२ किलोवाट आवरको लिथियम आयन फस्फेट ब्याट्री रहेको छ।

फ्रन्ट ह्वील ड्राइभ सिट्रोन सीथ्रीमा रहेको मोटरले ५७ हर्सपावर तथा १४३ एनएमको टर्क जनेरेट गर्ने कम्पनीको भनाइ छ। सिट्रोन ई-सी थ्रीको मोटरको प्रतिघण्टा ६० किलोमिटर स्पिड क्षमता रहेको र टप स्पीड १०७ किलोमिटर प्रतिघण्टासम्म रहेको कम्पनीले जानकारी दिएको छ।

ई-सी थ्रीले एक पटकको फुलचार्जमा ३२० किलोमिटरसम्म रेञ्ज प्रदान गर्ने कम्पनीको दाबी छ। उक्त कार ३.३ किलोवाटको एसी चार्जरमार्फत साढे १० घण्टामा फुलचार्ज गर्न सकिन्छ।

डीसी फास्ट चार्जरमार्फत ५७ मिनेटमा ८० प्रतिशत चार्ज गर्न सकिने कम्पनीको भनाइ छ। डीसी फास्ट चार्जरबाट धेरै पटक चार्ज गर्दा पनि ब्याट्रीलाई खासै असर नपर्ने कम्पनीले दाबी गरेको छ।
यस कारको लाइभ भेरियन्टको मूल्य ३२ लाख ९९ हजार र फिल भेरियन्टको मूल्य ३४ लाख ९९ हजार रुपैयाँ रहेको छ।

 

प्रकाशित: Aug 20, 2023| 18:09 आइतबार, भदौ ३, २०८०
प्रतिक्रिया दिनुहोस्