आइतबार, वैशाख २७, २०८३

प्रतिनिधि सभा बैठक सूचना टाँसेर स्थगित

 |  आइतबार, भदौ ३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ३, २०८०

National life

काठमाडौं- प्रतिनिधि सभाको बैठक भदौ ५ गतेसम्मका लागि स्थगित भएको छ। सत्तापक्ष र प्रतिपक्षीबीच सहमति नभएपछि सभामुख देवराज घिमिरेले सूचना टाँसेर बैठक स्थगित गरेका हुन्।

सदन खुलाउने सहमतिका लागि आज प्रधानमन्त्रीले सर्वदलीय बैठक डाकेका थिए भने सभामुखले पनि दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका थिए। दुवै बैठकबाट सहमति नजुटेपछि बैठक सारिएको हो।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सुन तस्करीको अनुसन्धानका लागि उच्चस्तरीय समिति गठनको अडान कायम राखेको छ भने सत्तापक्षले सीआईबीमार्फत अनुसन्धान हुन दिनुपर्ने भन्दै आएको छ। यही विवादका कारण गत साउन १० गतेयता संसद् चल्न सकेको छैन।

प्रकाशित: Aug 20, 2023| 15:21 आइतबार, भदौ ३, २०८०
प्रतिक्रिया दिनुहोस्