बिहीबार, साउन १, २०८२

प्रतिनिधिसभाको बैठकअघि सभामुखले प्रमुख सचेतकहरूसँग छलफल गर्ने

 |  आइतबार, भदौ ३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ३, २०८०

vianetvianet

काठमाडौं- सदनको अवरोध खुलाउने विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेले सत्ता र प्रतिपक्षका प्रमुख सचेतकहरूसँग छलफल गर्ने भएका छन्। 

त्यसका लागि सभामुख घिमिरेले आइतबार बिहान बिहान ११ बजे सिंहदरबारमा प्रमुख सचेतकहरूलाई बोलाएका छन्। प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेलाई बोलाइएको छ। त्यसअघि सभामुखले प्रमुख सचेतकहरूसँग छलफल गर्न लागेका हुन्। छलफलका लागि नेताहरूलाई सभामुखको कार्यकक्ष सिंहदरबारमा बोलाएको सभामुखको निजी सचिवालयले जनाएको छ। 

छलफलका लागि सत्तापक्षबाट नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा विपक्षी दलबाट नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागी हुने सभामुखको सचिवालयले जनाएको छ। 

प्रकाशित: Aug 20, 2023| 09:43 आइतबार, भदौ ३, २०८०
प्रतिक्रिया दिनुहोस्