आइतबार, वैशाख २७, २०८३

तीन महिनासम्म रुपान्तरण अभियान चलाउँछौँ : उपमहासचिव शर्मा

 |  शनिबार, भदौ २, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २, २०८०

कमलामाई- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले तीन महिनासम्म ‘माओवादी जनताको साथमा’ विशेष रुपान्तरण अभियान सञ्चालन गर्ने भएको छ। पार्टीका उपमहासचिव तथा बागमती प्रदेश इन्चार्ज जनार्दन शर्माले तीन महिनासम्म जिल्लामा अभियान सञ्चालन गर्ने बताए।

National life

प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समितिद्वारा आज आयोजित पत्रकार भेटघाटमा उनले भने, ‘तीन महिनासम्म जनतासँग सहकार्य गर्ने कार्यक्रम अगाडि बढाउँदैछौँ, त्यसको तयारीस्वरुप पालिका, जिल्ला–जिल्लामा समन्वय, भेटघाट र बैठक हुँदैछ।’

उपमहासविच शर्माले अभियानअन्तर्गत जनताको साथमा गएर विभिन्न कार्यक्रम गर्ने, देशमा भएका उपलब्धि, यसका लागि गरिएको योगदान, पहलकदमीका बारेमा जनतालाई स्मरण गराउने तयारीका लागि आफू जिल्ला आएको जानकारी गराए।

उनले समाजवादी यात्राका बारेमा जनतालाई बुझाउने र सरकारले गरेका कामलाई जनतामा स्थापित गर्नेलगायतका गतिविधि गरिने उल्लेख गरे।

प्रकाशित: Aug 19, 2023| 21:16 शनिबार, भदौ २, २०८०
प्रतिक्रिया दिनुहोस्