आइतबार, वैशाख २७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • बाबुराम भन्छन् - प्रतिगामीहरू धार्मिक असहिष्णुता फैलाउन सक्रिय भए

बाबुराम भन्छन् - प्रतिगामीहरू धार्मिक असहिष्णुता फैलाउन सक्रिय भए

 |  शनिबार, भदौ २, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २, २०८०

नेपाल समाजादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बाह्य र आन्तरिक प्रतिगामी शक्तिहरूले धार्मिक र जातीय असहिष्णुता फैलाउन लागेको भन्दै हेक्का राख्न चेतावनी दिएका छन्। 

National life

उनले ट्विटरमा भनेका छन्, ‘विभिन्न रूप र रंगका धर्मगुरूहरूको आवतजावत र चलखेल निजी आस्था र विश्वासको सीमासम्म रहेसम्म कसैले खासै आपत्ति मान्नुपर्दैन। तर जब राजनीति र विशेषतः भूराजनीति धर्मको खोल ओडेर प्रवेश गर्छ तब देशभक्त नागरिकहरू सचेत बन्नैपर्छ।’ 

उनले इतिहासमा उपनिवेशवाद–साम्राज्यवाद आफ्नो अर्थराजनीतिक स्वार्थलाई धर्मकै खोलभित्र लुकाएर कुनै देशमा प्रवेश गर्नेगरेको कटुसत्यलाई नबिर्सन पनि सचेत गराएका छन्। उनले भनेका छन्, ‘शितयुद्धको अन्त्यपछि पुराना र नयाँ साम्राज्यवादी शक्तिहरू ‘सभ्यताको संघर्ष’को रूपमा पुनः आफ्नो प्रभुत्व विस्तारमा क्रियाशील रहेको नयाँ यथार्थलाई बेलैमा बुझौं।’ 

नेपालको सदियौंदेखिको स्वतन्त्र अस्तित्व र आन्तरिक राष्ट्रिय एकता जातीय भाषिक विविधताबीचको एकता र धार्मिक सांस्कृतिक सहिष्णुतामा टिकेको यथार्थलाई मनन् गर्दै केही समययता भित्री र बाहिरी प्रतिगामी शक्तिहरूले जातीय र धार्मिक असहिष्णुता फैलाएर संघीय लोकतान्त्रिक गणतन्त्रलाई उल्टाउने दुस्साहस गरिरहेको तथ्यलाई हेक्का राख्न उनले चेतावनी दिएका छन्। उनले भनेका छन्, ‘आवेगले हैन विवेकले काम गरौं। कट्टरपन्थको तुष्टीकरण हैन प्रतिरोध गरौं।’ 

प्रकाशित: Aug 19, 2023| 19:22 शनिबार, भदौ २, २०८०
प्रतिक्रिया दिनुहोस्