शुक्रबार, साउन २, २०८२

नेकपा एसको पोलिटब्युरो बैठक आजदेखि

 |  आइतबार, भदौ ३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ३, २०८०

vianetvianet

काठमाडौं- नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक आइतबारबाट सुरु हुने भएको छ। शनिबार काठमाडौंको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बसेको एकीकृत समाजवादी पार्टीको सचिवालय बैठकले भदौ ३ र ४ गते पोलिटब्युरो बैठक बस्ने औपचारिक निर्णय गरेको हो। 

त्यसैगरी भदौ ५, ६ र ७ गते केन्द्रीय कमिटी बैठक पनि बोलाइएको छ। दुवै बैठकमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यभार नै मुख्य एजेन्डा हुने पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। 

पोलिटब्युरो बैठकले केन्द्रीय कमिटी बैठकको तयारी गर्ने र त्यसले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे महत्त्वपूर्ण निर्णय गर्ने पनि उनले बताए।

प्रकाशित: Aug 20, 2023| 06:22 आइतबार, भदौ ३, २०८०
प्रतिक्रिया दिनुहोस्