मंगलबार, वैशाख २९, २०८३

पहिरोले अवरुद्ध बेंसीसहर–चामे सडक पुनः सञ्चालन

मनाङको नासों गाउँपालिका–१ तालडाँडामा पहिरो हटाएसँगै सडक पुनः सञ्चालनमा आएको हो। 
 |  शनिबार, भदौ २, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २, २०८०

लमजुङ–पहिरोका कारण अवरुद्ध मनाङ र लमजुङ जोड्ने बेंसीसहर–चामे सडक पुनःसञ्चालनमा आएको छ। मनाङको नासों गाउँपालिका–१ तालडाँडामा पहिरो हटाएसँगै सडक पुनः सञ्चालनमा आएको हो।

National life

डुम्रे बेंसीसहर–चामे सडक योजना कार्यालयका सूचना अधिकारी एवं इञ्जिनियर पुरुषोत्तम अधिकारीले भने, ‘केही दिनअघिको वर्षाका कारण जमिन गलेर पहिरो आएको थियो। ढुंगामाटो हटाएर सडक पुनःसञ्चालनमा ल्याएका छौं।’

सञ्चालनमा आए पनि उक्त सडक खण्डमा यात्रा जोमिखपूर्ण बन्दै गएको छ। जीर्ण सडकमा दैनिकजसो ठाउँ–ठाउँमा पहिरो जाने क्रम रोकिएको छैन।

कार्यालयका इन्जिनियर सुमन अधिकारीका अनुसार मनाङलाई सडक सञ्जालसित जोड्न २०५१ मा सडक डिभिजन कार्यालय दमौली तनहुँले सडक निर्माण थालेको थियो। बीचमा निर्माणको काम रोकिएको थियो।

२०५७ देखि सेनाले सडक निर्माणको जिम्मा पाएको थियो। सेनाको कार्यगणले २०६९ मा सडक निर्माण सम्पन्न गरेसँगै सडक डिभिजन कार्यालय दमौलीलाई हस्तान्तरण गरिएको थियो। झन्डै ६५ किमि दूरी रहेको उक्त सडकमध्ये ३५ किमि लमजुङतर्फ र ३० किमि मनाङतिर पर्दछ।–रासस

प्रकाशित: Aug 19, 2023| 17:45 शनिबार, भदौ २, २०८०
प्रतिक्रिया दिनुहोस्