आइतबार, वैशाख २७, २०८३

आइतबारदेखि संसद् अवरोध हट्छः प्रधानमन्त्री प्रचण्ड

आज बेलुकी एमालेसँग छलफल गरेपछि भोलिदेखि संसद् अवरोध हट्ने प्रचण्डले दिलाए भरोसा।
 |  शनिबार, भदौ २, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २, २०८०

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १० साउनदेखि जारी संसद् अवरोध भोलि आइतबारदेखि हट्ने दाबी गरेका छन्।

National life

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले स्व. रामवृक्ष यादवको स्मृति दिवस अवसरमा पार्टी मुख्यालय पेरिसडाँडामा श्रद्धाञ्जली अर्पण गर्दै बेलुकी एमालेसँग छलफल गरेपछि भोलिदेखि संसद् अवरोध हट्ने भरोसा दिलाएका हुन्।

संसद गतिरोध अन्त्यका लागि निरन्तर प्रयास गरिरहेको उल्लेख गर्दै उनले आज पनि प्रमुख प्रतिपक्ष दलका नेता केपी ओलीसँग वार्ता गर्न गइरहेको बताए। आज बेलुकी प्रमुख प्रतिपक्ष एमाले र सत्ता गठबन्धनसँग छलफल गरेर संसद् गतिरोध खुलाउन प्रयास हुँदै गरेकाले आइतबार संसद् सञ्चालन हुने उनको भनाइ छ।

‘हामीले निरन्तर पहल गर्दै आएका छौं। हिजो मात्रै पनि सभामुखजी बालुवाटारमै आउनुभयो।  उहाँसँग कुरा भएको छ। आज बेलुकासम्म हामी प्रयास बढाउँदै छौं। भोलि सदन खुल्छ,’ उनले भने।

प्रकाशित: Aug 19, 2023| 12:11 शनिबार, भदौ २, २०८०
प्रतिक्रिया दिनुहोस्