शुक्रबार, साउन २, २०८२

एमाले केन्द्रीय कमिटीबाट हटाइए ६ जना केन्द्रीय सदस्य

एमालेले केशव स्थापित, प्रमोदनारायण यादव, अजय क्रान्ति शाक्य, जुनेली श्रेष्ठ, पार्वती रावल र पुरनसिंह दयाल बैतडीलाई केन्द्रीय सदस्यबाट हटाएको हो।
 |  शनिबार, भदौ २, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २, २०८०

vianetvianet

काठमाडौं– नेकपा एमालेले ६ जना केन्द्रीय सदस्यलाई केन्द्रीय कमिटीबाट हटाएको छ।

एमालेले पार्टी संगठनलाई समय दिन नसकेको, जिम्मेवारीबाट अलग हुन चाहेको, लामो समयसम्म पार्टीबाट निस्कृय रहेको, स्वास्थ्य समस्यालगायत कारण देखाएका ६ जना केन्द्रीय सदस्यलाई केन्द्रीय कमिटीबाट बिदा दिइएको एमालेले बताएको हो।

एमालेले केशव स्थापित, प्रमोदनारायण यादव, अजय क्रान्ति शाक्य, जुनेली श्रेष्ठ, पार्वती रावल र पुरनसिंह दयाल बैतडीलाई केन्द्रीय सदस्यबाट हटाएको हो। 

लामो समयदेखि पार्टीको काममा संलग्न नदेखिएका अन्य केही केन्द्रीय सदस्यको हकमा अवस्था र कारण बुझेर आगामी बैठकमा आवश्यक निर्णय लिइने एमालेको अन्तरपार्टी निर्देशन (अपानि)मा उल्लेख छ।

प्रकाशित: Aug 19, 2023| 11:12 शनिबार, भदौ २, २०८०
प्रतिक्रिया दिनुहोस्