मंगलबार, वैशाख २९, २०८३

वायोग्यास उत्पादन गर्दै भीमफेदी कारागार

कारागारले आगामी असोजको अन्तिम साताबाट वायोग्यास उत्पादन प्रक्रिया सुरु गर्ने जानकारी दिएको हो।
 |  शनिबार, भदौ २, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २, २०८०

मकवानपुर– मकवानपुरको भीमफेदी कारागार व्यवस्थापनले फोहोर वायोग्यास उत्पादन सुरु गर्ने भएको छ। 

National life

कारागारले आगामी असोजको अन्तिम साताबाट वायोग्यास उत्पादन प्रक्रिया सुरु गर्ने जानकारी दिएको हो। यसका लागि कारागार व्यवस्थापनले बोलपत्र आह्वान गरिसकेको र भदौको तेस्रो सातासम्म बोलपत्रलाई स्वीकृत गर्ने लक्ष्य रहेको भीमफेदी कारागारका जेलर तीर्थराज पौडेलले बताए। 

बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले भीमफेदी कारागारबाट निस्कने फोहोर सदुपयोग गर्न चालू आर्थिक वर्ष २०८०/८१ मा ३० लाख अनुदान रकम उपलब्ध गराएको छ। वायो ग्यास उत्पादन गर्ने क्रममा विभिन्न उपकरण खरिद गरी जडान गर्न सो अनुदान रकम खर्च गरिने भएको कारागारका जेलर पौडेलले जानकारी दिए।

कारागारबाट निस्कने फोहोर सीधै भूमिगत पाइपबाट भीमफेदीको विभिन्न खोलामा मिसाउने गरिएको थियो। कारागारमा उत्पादन हुने वायु ग्यास कारागारमै खपत गरिनेछ। भीमफेदी कारागारमा हाल १ हजार ७० जना कैदीबन्दी छन्। तीमध्ये ३१ जना महिला छन्।–रासस

प्रकाशित: Aug 19, 2023| 10:38 शनिबार, भदौ २, २०८०
प्रतिक्रिया दिनुहोस्