आइतबार, वैशाख २७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • नेपाल र बङ्गलादेशको सामाजिक र सांस्कृतिक सम्बन्ध बलियो हुनुपर्छ : मन्त्री भण्डारी

नेपाल र बङ्गलादेशको सामाजिक र सांस्कृतिक सम्बन्ध बलियो हुनुपर्छ : मन्त्री भण्डारी

 |  शुक्रबार, भदौ १, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १, २०८०

काठमाडौं-  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले नेपाल र बङ्गलादेशको सामाजिक, सांस्कृतिक सम्बन्ध बलियो हुनुपर्ने बताएका छन्। आज नेपाल–बङ्गलादेश मैत्री सङ्घले काठमाडौँमा आयोजना गरेको नेपाल, भारत र बङ्गलादेशका स्रष्टाहरूलाई अवार्ड वितरण तथा सम्मान समारोह कार्यक्रममा उनले नेपाल–बङलादेशको सम्बन्ध परापूर्वकालदेखिको रहेकाले हाम्रो सामाजिक, सांस्कृतिक सम्बन्ध बलियो हुनुपर्ने बताए।

National life

उनले भने,  ‘हामी बीचमा श्रमको आदान प्रादन हुनुपर्छ, राजनीतिक हिसाबले उतार चढाव भए पनि हाम्रो सामाजिक, सांस्कृतिक सम्बन्ध बलियो हुनुपर्छ।’ उनले नेपाल–बङ्गलादेशको सामाजिक, सांस्कृतिक सम्बन्ध राजनीतिभन्दा बलियो भएको र कहिले नटुट्ने सम्बन्ध भएको जिकिर गरे।

 मन्त्री भण्डारीले नेपाल, भारत र बङ्गलादेश नजिकका मित्र देश भएकाले हाम्रो एक आपसमा मित्रता अधिक रहेको र एक अर्कालाई दुःख पर्दा हामीले एक आसपमा सहयोग आदान प्रदान गर्न आवश्यक रहेकोसमेत बताए। नेपाल–बङ्गलादेश मैत्री सङ्घले आयोजना गरेको नेपाल, भारत र बङ्गलादेशका स्रष्टाहरूलाई अवार्ड वितरण तथा सम्मान समारोह कार्यक्रमले तीन देशबीचको मित्रता अझ थप प्रगाढ भएको मन्त्री भण्डारीको भनाइ थियो।

दिपायल सिलगढी नगरपालिका डोटीका नगरप्रमुख बाजीसिंह खड्काले नेपाल र बङ्गलादेशको सम्बन्धलाई सधा सर्वदा कायम राख्नतर्फ सधैँ अग्रसर रहने बताए। उनले भने, ‘हामीले अहिले बङ्गलादेशका नागरिकलाई नेपाल ल्याएका छौँ, हामी पनि बङ्गलादेश जानेछौँ, हाम्रो सम्बन्ध सदासर्वदा कायम राख्न हामी सधैँ तत्पर रहने छौँ।’ उनले बङ्गलादेशका नागरिकहरूलाई सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल खप्तड, बडिमालिका, अपिसैपाल, बडिकेदारलागयतका स्थानहरूको भ्रमणका लागि आग्रहसमेत गरे।

डोटीको दिपायल सिलगढी नगरपालिकाको आर्थिक सहयोग तथा नेपाल पर्यटन बोर्डको समन्वयमा नेपाल–बङ्गलादेश मैत्री सङ्घले उक्त नेपाल, भारत र बङलादेशका स्रष्टाहरूलाई अवार्ड वितरण तथा सम्मान समारोह कार्यक्रमको आयोजना गरेको थियो। उक्त समारोहमा नेपाल, भारत र बङ्गलादेशका दर्जनौँ स्रष्टाहरूलाई सम्मान गरिएको थियो।

प्रकाशित: Aug 18, 2023| 21:41 शुक्रबार, भदौ १, २०८०
प्रतिक्रिया दिनुहोस्