शनिबार, असार २७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • महालक्ष्मी विकास बैंक ‘एल एण्ड डी एक्सीलेन्सी अवार्ड २०२३’बाट सम्मानित

महालक्ष्मी विकास बैंक ‘एल एण्ड डी एक्सीलेन्सी अवार्ड २०२३’बाट सम्मानित

 |  शुक्रबार, भदौ १, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १, २०८०

महालक्ष्मी विकास बैंक ‘एल एण्ड डी एक्सीलेन्सी अवार्ड २०२३’बाट सम्मानित भएको छ। बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिट्युट अफ नेपाल (बीफीन)ले प्रदान गर्ने उक्त अवार्डबाट महालक्ष्मी विकास बैंक सम्मानित भएको हो।

कर्मचारीलाई उच्चतम संख्यामा गुणस्तरीय तालिम उपलब्ध गराएका कारण बैंक सम्मानित भएको बैंकको भनाइ छ। गत सोमबार ‘लिडर्स फर द नेस्ट जेनेरेसन : एक्सपेक्ट द अनएक्सपेक्टेड’ सम्मेलनमा उक्त पुरस्कार प्रदान गरिएको हो। नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बैंक मानव संशाधन विभाग प्रमुख विशालराज कार्कीलाई पुरस्कार हस्तान्तरण गरेका थिए।

प्रकाशित: Aug 18, 2023| 19:13 शुक्रबार, भदौ १, २०८०
प्रतिक्रिया दिनुहोस्