मंगलबार, वैशाख २९, २०८३

एभरेष्ट बैंकको ‘एभरेष्ट फेस्टिभ बोनान्जा २०८०’

 |  शुक्रबार, भदौ १, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १, २०८०

एभरेष्ट बैंकले आउँदै गरेका दसैं तिहारलगायत चाडपर्वलाई लक्षित गर्दै ‘एभरेष्ट फेस्टिम बोनान्जा २०८०’ अफर सुरु गरेको छ। बैंकले तिज, दशैं, तिहार र छठको अवसरमा नेपाली नागरिकका लागि ‘एभरेष्ट फेस्टिभ बोनान्जा २०८०’को सुरुवात गरेको हो। उक्त अफर शुक्रबारदेखि नै लागू हुने बैंकले जानकारी दिएको छ।

National life

अफरमा न्यून ब्याजदरमा कर्जा सुविधा उपलब्ध गराइने बैंकले बताएको छ। साथै सेवा शुल्कमा पनि छुटको व्यवस्था रहेको बैंकको भनाइ छ। बैंकका नायब महाप्रबन्धक गौरव कुमारका अनुसार अफरअन्तर्गत घर कर्जा १०.७४ प्रतिशतको स्थिर ब्याजदरबाट सुरु हुनेछ।

साथै घर निर्माणका लागि शतप्रतिशतसम्म बैंक लगानी रहने छ। त्यस्तै सवारी कर्जा १०.९९ प्रतिशतको स्थिर ब्याजदरमा उपलब्ध गराइने र विद्युतिय सवारीमा ८० प्रतिशतसम्म बैंक फाइनान्स रहने बैंकको भनाइ छ।

व्यक्तिगत तथा संस्थागत प्रयोजनार्थ आकर्षक ब्याजदरमा सेयर कर्जाकोसमेत उपभोग गर्न सकिने बैंकको भनाइ छ। तीन महिनाका लागि लागू हुने अफरमा कृषि, साना तथा मझौला कर्जालगायतमा पनि सहुलियत हुने बैंकको भनाइ छ।

 

प्रकाशित: Aug 18, 2023| 19:12 शुक्रबार, भदौ १, २०८०
प्रतिक्रिया दिनुहोस्