मंगलबार, वैशाख २९, २०८३

सिटिजन्स बैंक र विराट मेडिकल सेन्टरबीच सम्झौता

 |  शुक्रबार, भदौ १, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १, २०८०

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र धरानस्थित विराट मेडिकल सेन्टर प्रालिबीच सम्झौता भएको छ।

National life

सम्झौताअनुसार सिटिजन्स बैंकको डेबिट र क्रेडिट कार्डका ग्राहकले विराट मेडिकल सेन्टरका विभिन्न सेवामा ५० प्रतिशतसम्म छुट पाउनेछन्। यस किसिमको सहकार्यले ग्राहकहरू डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ।

बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ। डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरण सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने छ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४७ वटा एटीएम, ३ विस्तार काउन्टर र ९७ वटा शाखारहित बैंकिङ एकाइबाट १६ लाख ३१ हजारभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ।

 

प्रकाशित: Aug 18, 2023| 19:11 शुक्रबार, भदौ १, २०८०
प्रतिक्रिया दिनुहोस्