शनिबार, असार २७, २०८३

खल्ती बन्यो अरिजित सिंह लाइभ शोको टिकेटिङ पार्टनर

 |  शुक्रबार, भदौ १, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १, २०८०

अरिजित सिंहको लाइभ म्युजिकल शोमा टिकटिङ पार्टनरकोरूपमा ‘खल्ती’ आवद्ध भएको छ। गराज इन्टरटेनमेन्ट र एमएन प्रोडक्सनले नोभेम्बर २५ मा काठमाडौँको हायात रिजेन्सी ग्राउन्डमा गर्ने लाइभ शोको टिकट ‘खल्ती’मार्फत किन्न सकिने छ।

‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत विनय खड्का सहज तरिकाले टिकट खरिद गर्न सकिने गरी ‘प्ल्याटफर्म’ तयार पारिएको बताए।

सिंह बलिउडका लोकप्रिय गायक हुन्। उनी विश्वव्यापी संगीत स्ट्रिमिङ प्लेटफर्म स्पोटिफाइमा २०२०–२०२२ मा सबैभन्दा स्ट्रिम गरिएको भारतीय कलाकारको रूपमा परिचित छन्।

 

प्रकाशित: Aug 18, 2023| 19:10 शुक्रबार, भदौ १, २०८०
प्रतिक्रिया दिनुहोस्