शुक्रबार, साउन २, २०८२

सामसङ नेपालको रिटेलर मिट

 |  शुक्रबार, भदौ १, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १, २०८०

vianetvianet

ग्यालेक्सी जेड फ्लिप–५ र जेड फोल्ड–५ को अनावरणपछि सामसङ नेपालले रिटेलर मिट आयोजना गरेको छ। रिटेलर मिटमा कारोबार गर्ने ९० जनाभन्दा बढी व्यापारिक साझेदारको उपस्थिति थियो। कार्यक्रममा ग्यालेक्सी जेड फोल्ड–५ र ग्यालेक्सी जेड फ्लिप–५ का विशेषताका बारेमा छलफल गरिएको थियो। दुवै स्मार्टफोनको स्क्रिन सक डिस्पर्सन तहका साथ जडान गरिएको छ।

ग्यालेक्सी जेड फ्लिप ५ तीन प्रकारका रंगमा उपलब्ध छ। ८ प्लस २५६ जीबी स्टोरेजका साथ उपलब्ध छ हुने फ्लिप ५ को मूल्य १ लाख ३९ हजार ९९९ तोकिएको छ।

ग्यालेक्सी जेड फोल्ड ५ कालो र हल्का निलो गरी दुई रंगमा उपलब्ध छ। यो १२ प्लस २५६ र ५१२ जीबी स्टोरेजमा उपलब्ध छ। १२ प्लस २५६ जीबीको मूल्य २ लाख २६ हजार ९९९ र १२ प्लस ५१२ जीबीको मूल्य २ लाख ३९ हजार ९९९ कायम गरिएको छ। यो मोडलका स्मार्टफोन शून्य प्रतिशत ब्याजदरमा प्रतिमहिना ७ हजारसम्मको किस्ताबन्दीमा किन्न सकिने कम्पनीले जानकारी गराएकाे छ।

 

प्रकाशित: Aug 18, 2023| 19:10 शुक्रबार, भदौ १, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

 ७० प्रतिशत अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा खर्चिने, भारतमा कार्यालय खोल्ने तयारी

 ७० प्रतिशत अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा खर्चिने, भारतमा कार्यालय खोल्ने तयारी

बोर्डको कुल बजेटमध्ये ७० प्रतिशत हिस्सा अन्तर्राष्ट्रिय बजारलक्षित प्रवर्द्धन र जनसम्पर्कमा खर्चिने निर्णय गरिएको छ।
गत आवमा सरकारको आम्दानी १२ खर्ब १९ अर्ब, खर्च १५ खर्ब २३ अर्ब

गत आवमा सरकारको आम्दानी १२ खर्ब १९ अर्ब, खर्च १५ खर्ब २३ अर्ब

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार वार्षिक लक्ष्यको तुलनामा सरकारको आय ८२ र व्यय ८१ प्रतिशतमा खुम्चिएको हो।