मंगलबार, वैशाख २९, २०८३

बाराको जितपुरमा टिभिएस शोरुम

 |  शुक्रबार, भदौ १, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १, २०८०

बाराको जितपुरसिमरा उपमहानगरपालिका-७ जीतपुरमा टिभिएस मोटरसाईकलको शोरूम सञ्चालनमा ल्याइएको छ। जितपुरकोस्वास्तिक ट्रेड एण्ड कन्सर्नले टिभिएसको अधिकारिक डिलर लिएर बिहिबार जीतपुरको पहाडी टोलमा शोरूमको उद्घाटन गरेको हो।

National life

जितपुरमा टिभिएसको आधिकारिक विक्रेता स्वास्तिक ट्रेड एण्ड कन्सर्नले एक कार्यक्रम गर्दै शोरूम उद्घाटन गरेको हो। जितपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले शोरूम उद्घाटन गरेका हुन्।

२ करोड २५ लाख रुपैयाँ लागतमा सञ्चालनमा आएको टिभिएस मोटरसाईकलको आधिकारिक विक्रेता स्वास्तिक ट्रेड एण्ड कन्सर्न जितपुरका सञ्चालक किरन पुरीका अनुसार जितपुरको टिभिएस शोरूममा टिभिएसका नँया मोटरसाईल, स्कुट, पार्टस र सर्भिसिङलगायत सुविधा उपलब्ध हुने छन्।

 

प्रकाशित: Aug 18, 2023| 19:09 शुक्रबार, भदौ १, २०८०
प्रतिक्रिया दिनुहोस्