आइतबार, वैशाख २७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • राप्रपा अध्यक्ष लिङ्देनको आरोप - बालुवाटार जग्गा प्रकरण सामसुम पार्ने गठबन्धनको निर्णय

राप्रपा अध्यक्ष लिङ्देनको आरोप - बालुवाटार जग्गा प्रकरण सामसुम पार्ने गठबन्धनको निर्णय

 |  शुक्रबार, भदौ १, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १, २०८०

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले बालुवाटार जग्गा प्रकरणबारे सत्तारुढ पार्टीको बैठकमा घटना सामसुम पार्ने निर्णय भएको आरोप लगाएका छन्। 

National life

भक्तपुरमा शुक्रबार आयोजित चाँगुनारायण नगर अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा मन्त्रिपरिषद्को अध्यक्षता गर्ने व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धानको आदेश दिए पनि सत्ता गठबन्धनले घटना सामसुम बनाउने निर्णय गरेको आरोप लगाएका हुन्। 

अहिले सरकारले ठूला भ्रष्टाचारविरुद्धका काम गरेँ भनेर डंका पिटेको अध्यक्ष लिङ्देनले आरोप छ। सरकार यसरी नै चलिरहने हो भने २०८४ सालको निर्वाचन नआउने उनको भनाइ छ। ललिता निवास जग्गा प्रकरणबारे अनुसन्धान गर्न बाध्य बनाएका प्रहरी अधिकृतहरूलाई घटना सामसुम बनाउन सरकारले सरुवा गर्न लागेको समेत उनले बताए।

'आज हेर्नुहोस् देशको अवस्था कस्तो छ, हामी मिसन ०८४ भन्छौँ। कति पार्टीहरू मिसन ०८४ भनेर कुदिरहेका छन्। देशको यही अवस्था निरन्तर रुपमा रही रहने हो भने त्यो ०८४ नआउन सक्छ। चुनावै नआउन सक्छ,' लिङ्देनले भने, 'आज भ्रष्टाचार कुन ढंगले बढेर गइरहेको छ। आज महँगी कुन ढंगले बढिरहेको वैदेशिक हस्तक्षेप, बेरोजगारी कुन ढंगले बढिरहेको छ ? तपाईं कल्पना गर्नुहोस्। यही स्थिति छोडिरहने हो भने ०८४ को चुनाव आउला ?'
 

प्रकाशित: Aug 18, 2023| 18:12 शुक्रबार, भदौ १, २०८०
प्रतिक्रिया दिनुहोस्