बुधबार, जेठ २७, २०८३

बसाइँसराइको असर

करेसाबारीमा घाँस, धारामा कमिला

रातोढुंगा गाउँमा अहिले न आगो बल्छ न उज्यालो। कैयौँलाई पाली हुर्काएका घर अहिले पुराना गल्लीजस्ता सुनसान र डरलाग्दा खण्डहरमा परिणत भएका छन्।
 |  शनिबार, भदौ २, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २, २०८०

गलेश्वर (म्याग्दी)- ढकमक्क फूल फुल्ने आँगन र लटरम्मै तरकारी फल्ने करेसाबारीमा घाँस झाँगिएको छ। घर नजिकैका पानीका धारामा कमिला डुल्छन्। पिँढीमा हरियो ढुसी देखिन्छ। रातो माटो र सेतो कमेरोमा टल्कने भित्ता उप्किएका छन्। छानो भत्किएको छ, घरको धुरीबलो र झ्याल ढोका मक्किएका छन्।

National life

बेनी–दरबाङ सडकसँगै म्याग्दी नदीको माथिल्लोपट्टी रहेको रातोढुंगा गाउँको यो दृश्य देख्नेको मन कटक्क खान्छ। टल्कने स्लेट ढुंगाले छाएको सडक र यातायातलगायत विकासका पूर्वाधारले छोएको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारदेखि तीन  किलोमिटरको दूरीमा रहेको, कौसी र बाह्रतलीसहितका सुन्दर घर भएको यो गाउँ अहिले खण्डहरमा परिणत भएको छ।

पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र दरबाङ बजारदेखि नजिकै रहेको, मालिका गाउँपालिका–६ मा पर्ने रातोढुंगा गाउँमा अहिले न आगो बल्छ न उज्यालो। कैयौंलाई पाली हुर्काएका घर अहिले पुराना गल्लीजस्ता सुनसान र डरलाग्दा खण्डहरमा परिणत भएका छन्।

आजभन्दा एक दशकअघिसम्म हराभरा रहेको रातोढुंगा गाउँ अहिले पूरै उजाडिएको छ। बेनी–दरबाङ सडकको माथिल्लो र तल्लोपट्टी पक्की घर बनेर व्यापार व्यवसाय चलेको छ तर सडकदेखि १५ मिटर तल्लोपट्टी म्याग्दी नदीको किनारामा रहेको रातोढुंगाका सात वटा चिटिक्कका ढुंगेघर मानवविहीन छन्। भत्किनै लागेको अवस्थामा देखिने ती घर खण्डहरमा परिणत भएका स्थानीय विकल सेनले बताए।

भौतिक सुख र सुविधा खोज्दै सर्वसाधारण सहर र मधेस झरेपछि गाउँ रित्तिँदै गएको हो। बसाइँसराइ अहिले रातोढुंगाको मात्रै नभएर म्याग्दी जिल्लाको नै मुख्य चुनौती बनेको छ। आर्थिक, सामाजिक तथा राजनीतिक रुपमा सबल र सचेत भएर पनि बसाइ सर्नुको कारण उनले मानिस सुविधा भोगी भएकाले गाउँको यस्तो स्थिति भएको बताए।

Shivam cement

‘छोराछोरी सुविधा भएको ठाउँमा बस्न खोजे, सुविधाको खोजीले यस्तो भएको हो’, स्थानीयवासी सेनले उल्लेख गरे, ‘कतिले बाध्यताले बसाइँ सरे र कतिले त रहरले सहर रोजे। परिणाम गाउँहरु उजाडिँदै गए, बस्तीहरु रित्तिँदै गए।’

ghar house dhungeghar1692363025.jpg

‘रातोढुंगा गाउँका नौ घर परिवार गाउँ नै छोडेर सहर पसेका छन् भने कतिपय सडकको छेउमा पक्कीघर बनाएर बसेका छन्’, रातोढुंगा पारीको कुरसिम्ला गाउँकी मनकुमारी पुनले बताइन्।

गुणस्तरीय शिक्षा, स्वास्थ्य र भौतिक सुविधाको खोजीमा बढीजसो सहरी क्षेत्रमा बसाइँसराइ गर्ने गरेको मालिका गाउँपालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाको भनाइ थियो। ‘थकालीको बस्ती रहेको रातोढुंगा गाउँका सबै घर रित्ता छन्, त्यहाँका सात घरपरिवार थकाली बसाइँसराइ गरेर काठमाडौं, पोखरा गएपछि गाउँको अवस्था त्यस्तो भएको हो’, वडाध्यक्ष रोकाले भने। व्यक्तिको आर्थिक हैसियतअनुसार बसाइँसराइको प्रवृत्ति निर्धारण हुने गरेको उनको भनाइ थियो।

पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र दरबाङ बजारदेखि नजिकै रहेको, मालिका गाउँपालिका–६ मा पर्ने रातोढुंगा गाउँमा अहिले न आगो बल्छ न उज्यालो। कैयौंलाई पाली हुर्काएका घर अहिले पुराना गल्लीजस्ता सुनसान र डरलाग्दा खण्डहरमा परिणत भएका छन्।

वडा कार्यालयमा बसाइँसराइको कागज बनाउन आउनेको संख्या बढ्दै गएको छ भने अधिकांशले घरजग्गा बेचेर औपचारिक बसाइँसराइ पनि नगरी अन्यत्र गइरहेका पनि वडाध्यक्ष रोकाले जानकारी दिए।

रातोढुंगाको मात्रै होइन पश्चिम म्याग्दीका अधिकांश गाउँ रित्तिँदै जान थालेका छन्। जिल्लाको देवीस्थान, रुम, बिम, धवलागिरि गाउँपालिकाका मुना, मुदी, ताकम, मराङलगायत गाउँबाट बाहिरिनेको संख्या बर्सेनि बढ्दै जान थालेको स्थानीय जनप्रतिनिधिहरुले बताएका छन्।

यहाँका प्रत्येक घरबाट छोराछोरी, बुहारी अमेरिका, जापान, अस्ट्रेलिया, क्यानडालगायत मुलुकमा पुगेका छन्। अन्य तेस्रो मुलुक र भारतीय सेनामा कार्यरतको संख्या पनि उत्तिकै छ। पैसा कमाउने मोहले पनि युवालाई गाउँ बिर्सन बाध्य पारेको दरबाङका समाजसेवी हिराबहादुर पुनले बताए।

‘पैसा कमाउने, राम्रो ठाउँमा सुविधा लिएर बस्ने सोच सबैमा छ’, उनले भने, ‘गाउँमा दुःख र परिश्रम गरेर कोही बस्न चाहन्न।’ कतिपयले त घरजग्गा त्यत्तिकै छोडेर गएको उनको भनाइ थियो।

‘गाउँलाई समृद्धिमा लैजाने र स्वरोजगारको वातावण सिर्जना गरियो भने बसाइँसराइलाई तुलनात्मकरुपमा घटाउन सकिन्छ’, समाजसेवी पुनले भने। राज्य पुनर्संरचनासँगै बनेको स्थानीय तहले गाउँको विकास हुने अपेक्षा गरे पनि विश्वस्त भइहाल्ने वातावरण बन्न नसकेको अधिकांशको भनाइ थियो।  समाज विकसित अवस्थामा पुगेमात्र बसाइँसराइजस्ता समस्या समाधान हुने दरबाङका बुद्धिजीवी सन्तोष सुवेदीले बताए।

‘समाज उन्नत र विकसित भए मान्छेले आफ्नो थातथलो छोड्न चाहँदैन’, उनले भने, ‘बसाइँसराइ घटाउन राज्यले योजना र कार्यक्रम बनाउनुपर्छ।’ बसाइँसराइसँगै गाउँको उत्पादन पनि ह्वात्तै घटेको छ। खेतीयोग्य जमिन बाँझै छन्। दैनिक उपभोग्य सामानका लागि बजारमाथि निर्भर रहनुपर्ने अवस्था छ। बसाइँसराइ बढ्दै जाँदा त्यसले सामाजिक संरचनामा पनि असर पार्ने देखिन्छ। जिल्ला तथ्यांक कार्यालयसँग आन्तरिक बसाइँसराइको कुनै लेखाजोखा छैन।

जिल्लाको ग्रामीण क्षेत्रमा वैदेशिक रोजगारी, सेवासुविधाका लागि ठूला सहर र जिल्ला बाहिर बसाइँसराइ गर्नेको संख्या ह्वात्तै बढेपछि ग्रामीण क्षेत्र खाली हुँदै गएका रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए।

संघीयताको प्रयोग ग्रामीण क्षेत्रसम्म पुगे पनि शिक्षादीक्षा, रोजगारी तथा अन्य विभिन्न कारणले सहरबजारमा झर्नेको संख्या नरोकिएसँगै ग्रामीण बस्तीमा प्रयोगविहीन अवस्थामा रहेका पुराना घर जीर्ण भएसँगै जनसंख्या वृद्धिदर पनि ऋणात्मक हुने अवस्थामा पुगेको सरोकारवालाहरुले बताएका छन्।

२०६८ सालमा एक घर परिवारभित्र ४ दशमलव ०९ जना रहेकामा केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको नेपालको जनगणना २०७८ को नतिजामा तीन दशमलव ६७ जना मात्र बस्ने गरेको देखिन्छ।

ग्रामीण क्षेत्रबाट सुविधाको खोजीमा बाहिरिनेको संख्या उकालो लागेको जनगणना कार्यालयका पूर्वप्रमुख घनश्याम सापकोटाले बताए। ‘बसाइँसराइको अवस्था चिन्ताजनक छ, गाउँका घर खाली भएको अवस्थामा सहरबजारबाटै विवरण संकलन धेरै भएको छ’, उनले भने। जिल्लाको छवटै स्थानीय तहमा समेत २०६८ को जनगणनाअनुसार जनसंख्या कमी रहेको देखिन्छ।

म्याग्दीबाट भारतसहित तेस्रो मुलुकमा विदेशिनेको सङ्ख्या १० हजार सात सय १३ रहेकामा पुरुष आठ हजार आठ सय ४३ र महिला १८ सय ७० छन्। अहिले यहाँ २५ हजार तीन सय ७४ घरधुरीका २९ हजार दुई सय ४२ परिवारको बसोबास छ। ९५ दशमलव ८७ लैङ्गिक अनुपात, औसत परिवारको आकार तीन दशमलव ६७ र जनघनत्व ४७ रहेको छ।

जिल्लाको कूल जनसंख्याको घरपरिवारमा अनुपस्थित अर्थात् विदेशमा अक्सर बसोबास गर्ने शून्य दशमलव ४९ प्रतिशत रहेको छ। वैदेशिक रोजगारीमा महिलाको तुलनामा पुरुषको संख्या अत्यधिक छ। पछिल्ला वर्षमा महिलासमेत तेस्रो राष्ट्रमा रोजगारीका लागि जाने भएकाले महिला र पुरुषको संख्याको अन्तर घट्दो रहेको छ। श्रीमान् वैदेशिक रोजगारीमा गएपछि श्रीमती छोराछोरीलाई लिएर बजार झर्ने गरेकाले ग्रामीण बस्तीमा जनसंख्या पातलिँदै गएको पाइएको छ।

बसाइँसराइका कारण गाउँबस्ती पातलिँदै जान थालेपछि बिरानो बन्दै गएको समेत जनप्रतिनिधिको भनाइ थियो। २०६८ सालको जनगणनाअनुसार एक लाख १३ हजार छ सय ४१ जना जनसंख्या रहेको जिल्लामा २०७८ को नतिजामा एक लाख सात हजार तीन सय ७२ जना छन्। - रासस

प्रकाशित: Aug 19, 2023| 06:22 शनिबार, भदौ २, २०८०
प्रतिक्रिया दिनुहोस्