आइतबार, वैशाख २७, २०८३

भदौ ४ मा विश्वासको मत माग्दै कोशीका मुख्यमन्त्री थापा, छैन सहज

उपसभामुख दनुवारले राजीनामा दिने चर्चासँगै प्रदेशसभाका ज्येष्ठ सदस्य गयानन्द मण्डललाई राज्यमन्त्री बनाएर मुख्यमन्त्री थापाको पद अस्थायी रुपमा सुरक्षित गरिएको छ। 
 |  शुक्रबार, भदौ १, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १, २०८०

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले ४ भदौमा प्रदेशसभामा विश्वासको मत माग्ने भएका छन्।

National life

मुख्यमन्त्री थापाले ३ भदौमा विश्वासको मत माग्ने गरी प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए। तर सभामुख बाबुराम गौतम मन्त्री भएपछि कार्यवाहक सम्हाल्दै आएकी उपसभामुख सिर्जना दनुवारले विश्वासको मतसम्बन्धी प्रस्ताव सोमबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा पेस गर्ने गरी ४ भदौमा मिति तोकेकी हुन्।

थापा १६ साउनमा दोस्रोपल्ट मुख्यमन्त्री नियुक्त भएका थिए। थापा पहिलोपल्ट एमाले नेतृत्वको सरकारलाई हटाएर २१ असारमा मुख्यमन्त्री बनेका थिए। थापाले मुख्यमन्त्री दाबी गर्दा प्रदेश सभामुख गौतमको हस्ताक्षर प्रयोग गरेपछि सर्वोच्च अदालतले मुख्यमन्त्री पद बदर गरिदिएको थियो।

मुख्यमन्त्री बनेको  ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। ९२ सदस्यीय कोशी प्रदेश सभामा सत्ता गठबन्धनका ४७ सांसद छन् भने प्रतिपक्षी एमाले र राप्रपाका ४६ सांसद छन्।

एमाले कोटाकी उपसभामुख दनुवारले राजीनामा दिने चर्चासँगै प्रदेशसभाका ज्येष्ठ सदस्य गयानन्द मण्डललाई राज्यमन्त्री बनाएर थापाको पद अस्थायी रुपमा सुरक्षित गरिएको छ।

प्रकाशित: Aug 18, 2023| 16:49 शुक्रबार, भदौ १, २०८०
प्रतिक्रिया दिनुहोस्