मंगलबार, वैशाख २९, २०८३

साउनमा सरकारको बजेट खर्च सवा ३५ अर्ब मात्रै

सरकारले साउन मसान्तसम्म ३५ अर्ब १७ करोड ९० लाख बराबर बजेट खर्च गरेको छ भने सोही अवधिमा राजस्व संकलन ८८ अर्ब १३ करोड ९० लाख बराबर पुगेको महालेखाको तथ्यांक।
 |  शुक्रबार, भदौ १, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १, २०८०

काठमाडौं– सरकारले चालू आर्थिक वर्षको पहिलो महिना साउनमा वार्षिक विनियोजनको २.१ प्रतिशत बजेट खर्चिएको छ भने करिब ६ प्रतिशत राजस्व संकलन गरेको देखिएको छ।

National life

सरकारले साउन मसान्तसम्म ३५ अर्ब १७ करोड ९० लाख बराबर बजेट खर्च गरेको छ भने सोही अवधिमा सरकारको राजस्व संकलन ८८ अर्ब १३ करोड ९० लाख बराबर रहेको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाएको छ।

चालू आर्थिक वर्षमा सरकारले कुल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको बजेट ल्याएको थियो। यसमध्ये चालूतर्फ ९ खर्ब ४९ अर्ब ३३ करोड ५६ लाख, पुँजीगततर्फ ४ खर्ब ७१ अर्ब ६ करोड ५८ लाख र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ३० अर्ब ९१ करोड ७ लाख बराबर बजेट छुट्याइएको थियो।

साउन मसान्तसम्म चालूतर्फ १२ अर्ब १९ करोड १७ लाख अर्थात् वार्षिक लक्ष्यको १.२८ प्रतिशत र पुँजीगततर्फ ९० करोड ६१ लाख अर्थात् वार्षिक लक्ष्यको ०.१९ प्रतिशत बराबर खर्च भएको छ।

यो अवधिमा चालु र पूँजीगत शीर्षकमा भएभन्दा वित्तीय व्यवस्थामा भएको बजेट खर्च धेरै छ। साउनमा सरकारले वित्तीय व्यवस्थातर्फ २२ अर्ब ७ करोड ८१ लाख बराबर खर्च गरेको छ, जुन वित्तीय व्यवस्थातर्फको वार्षिक लक्ष्यको ६.६७ प्रतिशत बराबर हो। 

त्यस्तै, चालू आर्थिक वर्षको पहिलो महिनामा राजस्व संकलनमा कर राजस्वतर्फ ७० अर्ब १७ करोड ५२ लाख अर्थात् वार्षिक लक्ष्यको ५.३८ प्रतिशत र गैरकर राजस्वतर्फ ८ अर्ब ६९ करोड ८९ लाख बराबर अर्थात् वार्षिक लक्ष्यको ७.४३ प्रतिशत बराबर संकलन भएको छ।

प्रकाशित: Aug 18, 2023| 15:31 शुक्रबार, भदौ १, २०८०
प्रतिक्रिया दिनुहोस्