शुक्रबार, साउन २, २०८२

भ्रष्टहरूको धम्कीबाट नडराउने गृहमन्त्री नारायणकाजीको उद्घोष

गृहमन्त्री नारायणकाजीले ठग, तस्कर र भ्रष्टाचारीका संरक्षकको धम्कीबाट नडराउने, अप्ठेरो पार्न खोजे सरकार छाड्ने बताएका हुन्।
 |  शुक्रबार, भदौ १, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १, २०८०

vianetvianet

काठमाडौं– उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र तस्कर संरक्षकले घेराबन्दी गर्न र धम्की दिन खोजे पनि नडराउने बताएका छन्।

आज अजिरकोट गाउँपालिका–२ स्थित भच्चेकमा भच्चेक आधारभूत अस्पताल उद्घाटन गर्न गोरखा पुगेका गृहमन्त्री नारायणकाजीले ठग, तस्कर र भ्रष्टाचारीका संरक्षकको धम्कीबाट नडराउने, अप्ठेरो पार्न खोजे सरकार छाड्ने बताएका हुन्।

‘सरकारलाई, मन्त्रीलाई घेराबन्दीमा राख्छौं भनेर कसैले नसोचे हुन्छ। हामी जनताको सेवा गर्न आएका हौं। सरकारमा रहुन्जेल सुशासन दिने हो,’ उनले भने। राजनीतिक परिवर्तनलाई सामाजिक, आर्थिक परिवर्तनसँग जोड्न सके मात्र जनताले गणतन्त्रको प्रतिफल लिन सक्ने उनले औंल्याए।

प्रकाशित: Aug 18, 2023| 12:07 शुक्रबार, भदौ १, २०८०
प्रतिक्रिया दिनुहोस्