आइतबार, वैशाख २७, २०८३

सार्वजनिक लेखा समिति बैठक स्थगित

दिउँसो १ बजे बोलाइएको बैठक एमाले र रास्वपाले वहिष्कार गरेका हुन्।
 |  बिहीबार, साउन ३२, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ३२, २०८०

National life

काठमाडौं– प्रतिपक्षी एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद नआएपछि सार्वजनिक लेखा समितिको बैठक स्थगित भएको छ। दिउँसो १ बजे बोलाइएको बैठक एमाले र रास्वपाले वहिष्कार गरेका हुन्।

यसअघिको बैठकमा एमाले सांसदले सभापति चयन नभएसम्म सहभागी नहुने बताएकाले सोहीअनुसार नगएको एमाले सांसद अच्युत मैनालीले बताए।

तर रास्वपा सांसद मनीष झाले कामको व्यवस्तताका कारण बैठकमा उपस्थित हुन नसकेको प्रतिक्रिया दिए। दलहरुबीचको भागबन्डाअनुसार लेखा समिति सभापति एमालेले पाउने सहमति छ।

प्रकाशित: Aug 17, 2023| 17:08 बिहीबार, साउन ३२, २०८०
प्रतिक्रिया दिनुहोस्