काठमाडौं– प्रतिपक्षी एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद नआएपछि सार्वजनिक लेखा समितिको बैठक स्थगित भएको छ। दिउँसो १ बजे बोलाइएको बैठक एमाले र रास्वपाले वहिष्कार गरेका हुन्।
यसअघिको बैठकमा एमाले सांसदले सभापति चयन नभएसम्म सहभागी नहुने बताएकाले सोहीअनुसार नगएको एमाले सांसद अच्युत मैनालीले बताए।
तर रास्वपा सांसद मनीष झाले कामको व्यवस्तताका कारण बैठकमा उपस्थित हुन नसकेको प्रतिक्रिया दिए। दलहरुबीचको भागबन्डाअनुसार लेखा समिति सभापति एमालेले पाउने सहमति छ।