शुक्रबार, साउन २, २०८२

आज तीन संसदीय समितिको बैठक बस्दै

 |  बिहीबार, साउन ३२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ३२, २०८०

vianetvianet

काठमाडौं- प्रतिनिधिसभा र राष्ट्रियसभा तीन विषयगत समितिको बैठक बिहीबार बस्दैछ। बिहान ११ बजे राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठक बस्दैछ। 

समितिको हल सिंहदरबारमा बस्ने बैठकमा राष्ट्रिय १६औँ योजनाको अवधारणा पत्र र उक्त योजनामा दिगो विकास लक्ष्यको अन्तरआबद्धता, एलडीसी ग्राजुएसन स्ट्राटेजी तयारी लगायतका विषयमा छलफल गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जानकारी दिएको छ। 

यस्तै बिहान साढे ११ बजे प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दैछ। सिंहदरबारस्थित समितिको कार्यकक्षमा बस्ने बैठकमा पशु चौपायामा देखापरेको लम्पी स्किन रोगको रोकथाममा भएको प्रभावकारिता, समस्या र समाधानका विषयमा छलफल गर्ने कार्यसूची छ। 

बैठकमा कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसालसहित मन्त्रालयका सचिव तथा सरोकारवालाई अधिकारीलाई बोलाइएको सचिवालयले जनाएको छ। यस्तै दिउँसो १ बजे प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक पनि बोलाइएको छ।

सरकारका काम लगायत समसामयिक विषयमा छलफल गर्न समितिको बैठक बोलाइएको हो।

प्रकाशित: Aug 17, 2023| 09:06 बिहीबार, साउन ३२, २०८०
प्रतिक्रिया दिनुहोस्