शुक्रबार, साउन २, २०८२

अबदेखि एमालेको औपचारिक कार्यक्रममा आसनग्रहण नहुने 

 |  बुधबार, साउन ३१, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, साउन ३१, २०८०

vianetvianet

काठमाडौं- नेकपा एमालेका औपचारिक कार्यक्रमहरुमा अबदेखि आसनग्रहण नहुने भएको छ। एमालेको सचिवालय बैठकले अबदेखिका औपचारिक कार्यक्रमहरुमा आसनग्रहण नगर्ने निर्णय गरेको पार्टी अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन्। 

ओलीले कार्यक्रमहरुमा आसनग्रहण गरेर समय धेरै वर्वाद भयो भन्ने गुनासो आएकाले अबदेखिका कार्यक्रममा आसनग्रहण नहुने बताएका छन्। 

उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘फेसबुक ट्वlटरमा मलाई प्राप्त म्यासेजहरुमा धेरैजना साथीहरुले कार्यक्रमहरुमा धेरैलाई आसनग्रहण गराएर समय वर्वाद गर्नु भएन भन्ने सुझाव दिने गर्नु भएको थियो। हो पनि। तिनै सुझावलाई मध्यनजर गरेर हाम्रो पार्टीले अस्तिको सचिवालय बैठकबाट यससम्बन्धी निर्णय गरेको छ।’

यस्तै अबदेखि अनुहार नै छोपिनेगरी खादा–माला र कोटभन्दा ठूला ब्याज लगाउने प्रचलन पनि बन्द गर्नुपर्ने उनले बताएका छन्। ‘कार्यक्रमहरुमा औपचारिकताका लागि धेरैलाई आसनग्रहण गराउने र खादा–मालाले पुर्ने भद्दा चलनहरु हटाएर समयलाई काममा लगाउने विषयमा तपाईंहरुका अरु के सुझावहरु छन्?’ उनले सुझावसमेत मागेका छन्।

 

प्रकाशित: Aug 16, 2023| 21:01 बुधबार, साउन ३१, २०८०
प्रतिक्रिया दिनुहोस्