शुक्रबार, साउन २, २०८२

प्रधानमन्त्रीले ओलीलाई भने- मेरो ६० दिन हो, अब ३५ दिन बाँकी छ

 |  बुधबार, साउन ३१, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, साउन ३१, २०८०

vianetvianet

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीले सुन प्रकरण मिलाउन आफूसँग ३५ दिन माग गरेको बताएका छन्।

बुधबार साँझ होटल रेडिसनमा नेकपा एमालेद्वारा आयोजित ‘वर्तमान आर्थिक अवस्था- समस्या र समाधान छलफल कार्यक्रम’मा बोल्दै उनले  सो कुरा बताएका छन्। कार्यक्रममा बोल्दै उनले सुनमा त्यत्रो लगानी गर्ने को भन्दै प्रश्नसमेत गरे।

एमालेले सुन प्रकरणलाई लिएर आयोग गठन गर्नु पर्ने माग राख्दै संसद् अबरोध गर्दै आएको छ। केही समय अघि संसद्‍मा सुन प्रकरणको विषयमा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणलाई टुंगोमा पुर्याउन ३५ दिनको समय माग गरेका थिए।

उनले भने, ‘सुनमा त्यत्रो लगानी गर्ने को? त्यो भारी बोक्ने? ट्याक्सीवाला? आयोग किन बन्दैन भने यही कुरा लुकाएर बन्दोबस्त गर्न हो। प्रधानमन्त्रीले मसँग जम्मा ६० दिन हो, २५ दिन सकियो । अब ३५ दिन दिनुस्, त्यो छानबिन सकिएपछि बनाउला भन्नुभयो।’

प्रकाशित: Aug 16, 2023| 19:14 बुधबार, साउन ३१, २०८०
प्रतिक्रिया दिनुहोस्