आइतबार, वैशाख २७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रपतिलाई भेटेपछि ओलीले भने- सत्तापक्षका कारण संसद् अवरुद्ध छ

राष्ट्रपतिलाई भेटेपछि ओलीले भने- सत्तापक्षका कारण संसद् अवरुद्ध छ

 |  बुधबार, साउन ३१, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन ३१, २०८०

National life

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तापक्षले जबर्जस्ती संसद् अवरुद्ध पारेर राखेको आरोप लगाएका छन्। सत्तापक्षले नै संसद्को अवरोध खुलाउनुपर्ने उनको तर्क छ।

आज दिउँसो शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेपछि बाहिर निस्किने क्रममा पत्रकारहरुलाई प्रतिक्रिया दिँदै ओलीले भने, 'संसद्को गतिरोध अन्त्य गराउने विषयमा छलफल भयो। उहाँले संसद् खोल्दा राम्रै हुन्छ भन्नुभयो, मैले खोल्नैपर्छ भनें। संसद् अवरोध गर्नु हुँदैन। सत्तापक्षले जबर्जस्ती संसद् अवरोध गरिरहेको छ। यो अवरोध सत्तापक्षले नै खुलाउनुपर्छ।’

 

प्रकाशित: Aug 16, 2023| 14:28 बुधबार, साउन ३१, २०८०
प्रतिक्रिया दिनुहोस्