शुक्रबार, साउन २, २०८२

कांग्रेसको आन्तरिक विशेष अभियान सकियो

कांग्रेसले संगठन सुदृढीकरणका लागि २० साउनदेखि चलाएको आन्तरिक विशेष अभियान समापन भएको हो।
 |  बुधबार, साउन ३१, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, साउन ३१, २०८०

vianetvianet

काठमाडौं– सत्तारुढ कांग्रेसले २० साउनदेखि १० दिनसम्म सञ्चालन गरेको संगठन सुदृढीकरण अभियान सम्पन्न भएको छ। कांग्रेसले संगठन सुदृढीकरणका लागि चलाएको आन्तरिक विशेष अभियान समापन भएको हो।

अभियान सकिएसँगै जिल्ला पुगेका केन्द्रीय प्रतिनिधि काठमाडौं फर्कन थालेका छन्। पार्टी संगठनको अवस्था, विधान कार्यान्वयन स्थिति, स्थानीय सरकार र पार्टीबीचको सम्बन्धलगायतका विषयमा प्रतिनिधिले प्रतिवेदन पेस गर्नेछन्। 

सभापति शेरबहादुर देउवादे १८ बुँदे निर्देशन दिएर केन्द्रीय प्रतिनिधिलाई जिल्ला खटाएका थिए। कांग्रेसले १० भदौदेखि २४ भदौसम्म दोस्रो चरणको राष्ट्रिय अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।

१० साउनमा सम्पन्न केन्द्रीय समिति बैठकले पार्टी संगठन सञ्चालनका लागि एक वर्षे कार्यक्रम तयार गरेको छ। सत्ता र शक्ति वरपर रहँदा संगठन विस्तार क्रमशः कमजोर हुँदै गएपछि कांग्रेसले एक वर्षसम्म विविध कार्यक्रम गर्ने योजना अगाडि सारेको छ।

प्रकाशित: Aug 16, 2023| 13:18 बुधबार, साउन ३१, २०८०
प्रतिक्रिया दिनुहोस्