शुक्रबार, साउन २, २०८२

संसद् खुलाउन एमालेसँग वार्तामा बस्ने सत्ता गठबन्धनको निर्णय

बालुवाटारमा बसेको १० मध्ये ५ सत्ता गठबन्धन दलको बैठकले संसद् गतिरोध खुलाउन एमालेलगायत संसद्मा प्रतिनिधित्व गर्ने दलसँग वार्तामा बस्ने निर्णय गरेको हो। 
 |  बुधबार, साउन ३१, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, साउन ३१, २०८०

vianetvianet

काठमाडौं– अवैध एक क्विन्टल सुन बरामद प्रकरणलाई लिएर हुँदै आएको संसद् अवरोध खुलाउन सत्ता गठबन्धनको शीर्ष बैठक मुख्य प्रतिपक्षी एमालेसहितका दलसँग वार्ता गर्ने निर्णयमा पुगेको छ।

आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० मध्ये ५ सत्ता गठबन्धन दलको बैठकले संसद् गतिरोध खुलाउन एमालेलगायत संसद्मा प्रतिनिधित्व गर्ने दलसँग वार्तामा बस्ने निर्णय गरेको हो। 

तर, सोमबार बालुवाटारमै बसेको गठबन्धन दलको बैठकले अवैध सुन प्रकरणमा एमालेबाट भइरहेको संसद् अवरोध खुलाउन वार्तामा पनि नबस्ने र उसको माग पनि नमान्ने निर्णय गरेको थियो।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय न्यायिक छानबिन समिति गठनको माग गर्दै नेकपा एमालेले निरन्तर संसद अवरुद्ध गर्दै आएको छ। तर, सत्ता गठबन्धनले न्यायिक छानबिन समिति गठन अनावश्यक भएको बताउँदै आएको छ।

सत्ता गठबन्धन दलका शीर्ष नेताहरू सम्मिलित बैठकले संसद् खुलाउन एमालेलगायत दलसँग वार्ता गर्ने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले बताए।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का, नारायणकाजी श्रेष्ठलगायत सहभागी थिए। 

प्रकाशित: Aug 16, 2023| 13:00 बुधबार, साउन ३१, २०८०
प्रतिक्रिया दिनुहोस्