शुक्रबार, साउन २, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • कोशी प्रदेशसभाका ज्येष्ठ सदस्य मण्डल राज्यमन्त्री नियुक्त, सरकार टिकाउने रणनीति

कोशी प्रदेशसभाका ज्येष्ठ सदस्य मण्डल राज्यमन्त्री नियुक्त, सरकार टिकाउने रणनीति

प्रदेशसभामा एमाले उपसभामुख सिर्जना दनुवारले राजीनामा दिने चर्चा चलिरहेका बेला मुख्यमन्त्री थापाले ८० वर्षीय वयोवृद्ध प्रदेशसभाका ज्येष्ठ सदस्य मण्डललाई कृषि राज्यमन्त्रीमा नियुक्त गरेका हुन्।
 |  बुधबार, साउन ३१, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, साउन ३१, २०८०

vianetvianet

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाका ज्येष्ठ सदस्य गयानन्द मण्डललाई राज्यमन्त्रीमा नियुक्त गरेका छन्। राज्यमन्त्री मण्डलले आजै पद तथा गोपनीयताको सपथ लिएका छन्।

सभामुखविहीन प्रदेशसभामा एमालेकी उपसभामुख सिर्जना दनुवारले राजीनामा दिने चर्चा चलिरहेका बेला मुख्यमन्त्री थापाले ८० वर्षीय वयोवृद्ध प्रदेशसभाका ज्येष्ठ सदस्य मण्डललाई कृषि राज्यमन्त्रीमा नियुक्त गरी सपथ खुवाइएको हो। मण्डल कांग्रेस सांसद हुन्।

९२ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्ने हुँदा सत्तारुढ गठबन्धनले माओवादी कोटामा सभामुख रहेका बाबुराम गौतमलाई राजीनामा दिन लगाएर हालका लागि सरकार टिकाइरहेको छ। सभामुख गौतमले हाल प्रदेश अर्थमन्त्रीको जिम्मेवारी पाएका छन्।

१६ साउनमा मुख्यमन्त्री नियुक्त थापाले १३ भदौभित्र विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान छ। मुख्यमन्त्री थापाले १ भदौबाट  प्रदेश सभा बैठक बोलाएका छन्। उपसभामुखले राजीनामा दिए ज्येष्ठ सदस्य भएका कारण मण्डलले प्रदेशसभा बैठक सञ्चालन गर्नुपर्ने विश्वासको मत लिँदा नपाउने अवस्था हटाउन मुख्यमन्त्री मण्डललाई राज्यमन्त्री नियुक्त गरेको बुझिएको छ। मण्डलपछि ज्येष्ठ सदस्य एमालेका ७२ वर्षीय रोहितबहादुर कार्की रहेका छन्। 

प्रदेशसभामा सत्ता गठबन्धन कांग्रेस २९, माओवादी केन्द्र १३, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका एक सांसद छन्। एमाले उपसभामुखसहित ४० र राप्रपाका ६ सांसद छन्।

प्रकाशित: Aug 16, 2023| 11:57 बुधबार, साउन ३१, २०८०
प्रतिक्रिया दिनुहोस्