शनिबार, असार २७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवामा छुट

महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवामा छुट

 |  मंगलबार, साउन ३०, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३०, २०८०

महालक्ष्मी विकास बैंकका ग्राहकले विभिन्न संस्थाका सेवामा छुट पाउने भएका छन्। त्यसका लागि बैंकले उक्त संस्थाहरूसँग सम्झौता गरेको हो।

बैंकले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थासँग सम्झौता गरेर उपभोक्ताले छुट दिने नीति लिएको हो। ग्राहकले महालक्ष्मी बैंकको कार्ड तथा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा छुट पाउने गरी विभिन्न संस्थाहरूसँग सम्झौता गरिएको बैंकले जानकारी दिएको छ।

पर्साको वीरगञ्जमा रहेको मंगलम डायग्नोस्टिक सेन्टरको प्याथोलोजी सेवामा ग्राहकले १० प्रतिशत छुट पाउने छन्। त्यस्तै बाराको सिमरामा रहेको ‘होटेल क्वीक–ट्वेन्टी एन्ड रिभर साइड’मा १० प्रतिशतसम्म छुट पाउने सम्झौतामा उल्लेख छ।

त्यस्तै मकवानपुरको हेटौँडामामा रहेको रिगल हेटौँडा रिसोर्टका सेवा १५ प्रतिशत, धनगढीमा रहेको नसर्ग अस्पिटलमा २० प्रतिशत, भरतपुरको कबिलास रिसोर्ट एण्ड फनपार्कका सेवामा १० प्रतिशत र हेटौँडाको ‘विसुधा ममचा’का सेवामा १० प्रतिशत छुट पाउने बैंकले जानकारी दिएको छ।

 

प्रकाशित: Aug 15, 2023| 19:17 मंगलबार, साउन ३०, २०८०
प्रतिक्रिया दिनुहोस्