शुक्रबार, साउन २, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवामा छुट

महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवामा छुट

 |  मंगलबार, साउन ३०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३०, २०८०

vianetvianet

महालक्ष्मी विकास बैंकका ग्राहकले विभिन्न संस्थाका सेवामा छुट पाउने भएका छन्। त्यसका लागि बैंकले उक्त संस्थाहरूसँग सम्झौता गरेको हो।

बैंकले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थासँग सम्झौता गरेर उपभोक्ताले छुट दिने नीति लिएको हो। ग्राहकले महालक्ष्मी बैंकको कार्ड तथा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा छुट पाउने गरी विभिन्न संस्थाहरूसँग सम्झौता गरिएको बैंकले जानकारी दिएको छ।

पर्साको वीरगञ्जमा रहेको मंगलम डायग्नोस्टिक सेन्टरको प्याथोलोजी सेवामा ग्राहकले १० प्रतिशत छुट पाउने छन्। त्यस्तै बाराको सिमरामा रहेको ‘होटेल क्वीक–ट्वेन्टी एन्ड रिभर साइड’मा १० प्रतिशतसम्म छुट पाउने सम्झौतामा उल्लेख छ।

त्यस्तै मकवानपुरको हेटौँडामामा रहेको रिगल हेटौँडा रिसोर्टका सेवा १५ प्रतिशत, धनगढीमा रहेको नसर्ग अस्पिटलमा २० प्रतिशत, भरतपुरको कबिलास रिसोर्ट एण्ड फनपार्कका सेवामा १० प्रतिशत र हेटौँडाको ‘विसुधा ममचा’का सेवामा १० प्रतिशत छुट पाउने बैंकले जानकारी दिएको छ।

 

प्रकाशित: Aug 15, 2023| 19:17 मंगलबार, साउन ३०, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

 ७० प्रतिशत अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा खर्चिने, भारतमा कार्यालय खोल्ने तयारी

 ७० प्रतिशत अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा खर्चिने, भारतमा कार्यालय खोल्ने तयारी

बोर्डको कुल बजेटमध्ये ७० प्रतिशत हिस्सा अन्तर्राष्ट्रिय बजारलक्षित प्रवर्द्धन र जनसम्पर्कमा खर्चिने निर्णय गरिएको छ।
गत आवमा सरकारको आम्दानी १२ खर्ब १९ अर्ब, खर्च १५ खर्ब २३ अर्ब

गत आवमा सरकारको आम्दानी १२ खर्ब १९ अर्ब, खर्च १५ खर्ब २३ अर्ब

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार वार्षिक लक्ष्यको तुलनामा सरकारको आय ८२ र व्यय ८१ प्रतिशतमा खुम्चिएको हो।