शुक्रबार, साउन २, २०८२

एनआईसी एशिया बैंकका तीन कर्जा योजना

 |  मंगलबार, साउन ३०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३०, २०८०

vianetvianet

एनआईसी एशिया बैंक लिमिटेडले तीन नयाँ कर्जा योजना सार्वजनिक गरेको छ। बैंकले घर कर्जा, अठोट साना व्यवसाय कर्जा र अठोट सेयर धितो कर्जा गरी तीन कर्जा योजना सार्वजनिक गरेको हो।

बैंकले न्यूनतम २५ लाख रुपैयाँदेखि अधिकतम् १२ करोडसम्मको अठोट घर कर्जा योजना ल्याएको छ। यो कर्जाको अवधि २५ वर्षसम्मको हुनेछ। यसअन्तर्गत ग्राहकले निजी आवासीय घर खरिद गर्न, आवासीय अपार्टमेन्ट खरिद गर्न, घर निर्माण गर्न, घर मर्मत तथा तला थप्न र जग्गा खरिद गर्न सक्नेछन्। साथै अन्य बैंक तथा वित्तीय संस्थामा रहेको घरकर्जा एनआईसीको अठोट घर कर्जामा स्वापः गर्न सकिने व्यवस्थासमेत रहेको छ।

अठोट साना व्यवसाय कर्जामा न्यूनतम २५ लाखदेखि अधिकतम ५ करोड रुपैयाँसम्म कर्जा उपलब्ध हुने बैंकले जानकारी दिएको छ। अधिकतम १५ वर्ष कर्जा अवधि कायम गरिएको यस कर्जाले साना तथा मझौला व्यवसाय तथा कृषि व्यवसायहरुलाई लक्षित गरेको छ।

एनआईसी एशिया बैंकले अठोट सेयर धितो कर्जाको सीमा ५० लाखदेखि अधिकतम १२ करोड रुपैयाँसम्मको छ। यस कर्जामा एक वर्षको भुक्तानी अवधि रहेको छ। जसलाई वार्षिकरूपमा नवीकरण गर्न सकिने छ।

 

प्रकाशित: Aug 15, 2023| 18:37 मंगलबार, साउन ३०, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

 ७० प्रतिशत अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा खर्चिने, भारतमा कार्यालय खोल्ने तयारी

 ७० प्रतिशत अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा खर्चिने, भारतमा कार्यालय खोल्ने तयारी

बोर्डको कुल बजेटमध्ये ७० प्रतिशत हिस्सा अन्तर्राष्ट्रिय बजारलक्षित प्रवर्द्धन र जनसम्पर्कमा खर्चिने निर्णय गरिएको छ।
गत आवमा सरकारको आम्दानी १२ खर्ब १९ अर्ब, खर्च १५ खर्ब २३ अर्ब

गत आवमा सरकारको आम्दानी १२ खर्ब १९ अर्ब, खर्च १५ खर्ब २३ अर्ब

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार वार्षिक लक्ष्यको तुलनामा सरकारको आय ८२ र व्यय ८१ प्रतिशतमा खुम्चिएको हो।