शनिबार, असार २७, २०८३

एनआईसी एशिया बैंकका तीन कर्जा योजना

 |  मंगलबार, साउन ३०, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३०, २०८०

एनआईसी एशिया बैंक लिमिटेडले तीन नयाँ कर्जा योजना सार्वजनिक गरेको छ। बैंकले घर कर्जा, अठोट साना व्यवसाय कर्जा र अठोट सेयर धितो कर्जा गरी तीन कर्जा योजना सार्वजनिक गरेको हो।

बैंकले न्यूनतम २५ लाख रुपैयाँदेखि अधिकतम् १२ करोडसम्मको अठोट घर कर्जा योजना ल्याएको छ। यो कर्जाको अवधि २५ वर्षसम्मको हुनेछ। यसअन्तर्गत ग्राहकले निजी आवासीय घर खरिद गर्न, आवासीय अपार्टमेन्ट खरिद गर्न, घर निर्माण गर्न, घर मर्मत तथा तला थप्न र जग्गा खरिद गर्न सक्नेछन्। साथै अन्य बैंक तथा वित्तीय संस्थामा रहेको घरकर्जा एनआईसीको अठोट घर कर्जामा स्वापः गर्न सकिने व्यवस्थासमेत रहेको छ।

अठोट साना व्यवसाय कर्जामा न्यूनतम २५ लाखदेखि अधिकतम ५ करोड रुपैयाँसम्म कर्जा उपलब्ध हुने बैंकले जानकारी दिएको छ। अधिकतम १५ वर्ष कर्जा अवधि कायम गरिएको यस कर्जाले साना तथा मझौला व्यवसाय तथा कृषि व्यवसायहरुलाई लक्षित गरेको छ।

एनआईसी एशिया बैंकले अठोट सेयर धितो कर्जाको सीमा ५० लाखदेखि अधिकतम १२ करोड रुपैयाँसम्मको छ। यस कर्जामा एक वर्षको भुक्तानी अवधि रहेको छ। जसलाई वार्षिकरूपमा नवीकरण गर्न सकिने छ।

 

प्रकाशित: Aug 15, 2023| 18:37 मंगलबार, साउन ३०, २०८०
प्रतिक्रिया दिनुहोस्