शनिबार, असार २७, २०८३

माछापुच्छ्रे बैंकको एप अफलाइन चलाउन सकिने

 |  मंगलबार, साउन ३०, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३०, २०८०

माछापुच्छ्रे बैंकको एफ अफलाइनमा पनि चलाउन सकिने भएको छ। बैंकले ‘टोकनाइज्ड’ प्रविधिको प्रयोग गरी मोबाइल बैंकिङ एप्लिकेसनमा ‘कन्ट्याक्टलेस अफलाइन ट्याप एन्ड पे’ सेवा सुरु गरेको हो।

‘टोकनाइज्ड’ प्रविधिमा खाता विवरणको सट्टा ‘सिस्टम जेनेरेटेड कोड’बाट कारोबार हुने गर्छ। यो प्रविधिमा ग्राहकले पस मेसिमार्फत कारोबार गर्दा आफ्नो फोनको माध्यमबाट ट्याप गरी भुक्तानी गर्न सक्नेछन्।

हाललाई यो सेवा एनएफसी सपोर्ट गर्ने एन्ड्रोइड मोबाइलबाट प्रयोग गर्न सकिने बैंकले जानकारी दिएको छ।

 

प्रकाशित: Aug 15, 2023| 18:24 मंगलबार, साउन ३०, २०८०
प्रतिक्रिया दिनुहोस्