शुक्रबार, साउन २, २०८२

ग्लोबल आइएमई बैंकले तिर्‍यो ५ अर्ब ४३ करोड कर

 |  मंगलबार, साउन ३०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३०, २०८०

vianetvianet

ग्लोबल आइएमई बैंक सबैभन्दा बढी कर दाखिला गर्ने वाणिज्य बैंकहरूको सूचीको पहिलो नम्बरमा परेको छ। आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्म दाखिला भएको करको आधारमा ग्लोबल आइएमई बैंक पहिलो नम्बरमा परेको हो।

अर्थ मन्त्रालयका अनुसार ग्लोबल आइएमई बैंकले गत आवमा ५ अर्ब ४३ करोड रुपैयाँ कर दाखिला गरेको छ। यो कर बैंकले वर्षभरी विभिन्न शीर्षकमा तिरेको सबै कर हो। ग्लोबल आइएमई बैंकले गएको आवमा ७ अर्ब २५ करोड रुपैयाँ खुद नाफा गरेको छ। यो नाफा अघिल्लो आव २०७८/७९ को तुलनामा ४६.२६ प्रतिशतले बढी हो।

बैंकले अघिल्लो आव २०७८/७९ मा ३ अर्ब १७ करोड रुपैयाँ कर दाखिला गरेको थियो। २१ वटा बैंक तथा वित्तीय संस्था मिलेर बनेको ग्लोबल आइएमई बैंक चुक्ता पुँजीको आधारमा मुलुककै सबैभन्दा ठूलो बैंक हो।

 

प्रकाशित: Aug 15, 2023| 18:18 मंगलबार, साउन ३०, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

 ७० प्रतिशत अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा खर्चिने, भारतमा कार्यालय खोल्ने तयारी

 ७० प्रतिशत अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा खर्चिने, भारतमा कार्यालय खोल्ने तयारी

बोर्डको कुल बजेटमध्ये ७० प्रतिशत हिस्सा अन्तर्राष्ट्रिय बजारलक्षित प्रवर्द्धन र जनसम्पर्कमा खर्चिने निर्णय गरिएको छ।
गत आवमा सरकारको आम्दानी १२ खर्ब १९ अर्ब, खर्च १५ खर्ब २३ अर्ब

गत आवमा सरकारको आम्दानी १२ खर्ब १९ अर्ब, खर्च १५ खर्ब २३ अर्ब

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार वार्षिक लक्ष्यको तुलनामा सरकारको आय ८२ र व्यय ८१ प्रतिशतमा खुम्चिएको हो।