शनिबार, असार २७, २०८३

वार्षिकोत्सवको अवसरमा एमजीले ल्यायो एक्सचेन्ज अफर

 |  मंगलबार, साउन ३०, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३०, २०८०

एमजी (मोरिस ग्यारेज) मोटर्सको आधिकारिक विक्रेता पारामाउन्ट मोटर्स प्रालिले एक्सचेन्ज अफर ल्याएको छ। कम्पनीको १००औँ वार्षिकोत्सवको अवसरमा एमजीले एक्सचेन्ज अफर ल्याएको हो।

अफरअन्तर्गत ग्राहकले कुनै पनि पुरानो गाडीको सट्टामा नयाँ एमजी जेडएस ईभी लैजान सक्ने कम्पनीले जानकारी दिएको छ। अफर साउन २६ गतेदेखि भदौ २४ गतेसम्म लागू हुनेछ। अफरमा बनेपा, नारायणगढ, धनगढी, दाङ, बुटवल, भैरहवा, बिर्तामोड, जनकपुर, पोखरा, वीरगञ्ज, विराटनगर लगायतका डिलरबाट लाभ लिन सकिने कम्पनीको भनाइ छ।

 

प्रकाशित: Aug 15, 2023| 18:08 मंगलबार, साउन ३०, २०८०
प्रतिक्रिया दिनुहोस्