शुक्रबार, साउन २, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • सुन तस्करी प्रकरणः भन्सारबाट इलेक्ट्रोनिक चुरोट छुटाउन भूमिका खेलेको महराको खुलासा

सुन तस्करी प्रकरणः भन्सारबाट इलेक्ट्रोनिक चुरोट छुटाउन भूमिका खेलेको महराको खुलासा

अवैध सुन तस्करी प्रकरणमा बयान लिन बोलाउन आग्रह गरे पनि सरकारले नबोलाएको महराको दाबी।
 |  मंगलबार, साउन ३०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३०, २०८०

vianetvianet

काठमाडौं– सत्तारुढ नेकपा माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराले सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि सरकारलाई सघाउन तयार रहे पनि बयान लिन नबोलाइएको खुलासा गरेका छन्।

सुन तस्करीमा संलग्नता रहेको चर्चा चलिरहेका बेला आइतबार बेलुकीको माओवादी पदाधिकारी बैठकले आन्तरिक छानबिन गर्ने निर्णय गरेसँगै सरकारी संयन्त्रलाई जिम्मा नदिएकामा विरोध भइरहेका बेला महराले सरकारकै कारण बयान लिन नबोलाइएको हुन सक्ने औंल्याएका हुन्।

पूर्वसभामुखसमेत रहेका नेता महराले आज दाङमा आयोजित पत्रकार सम्मेलनमा सुन तस्करी अनुसन्धानमा सघाउन तयार रहेको दाबी गरेका हुन्। ‘सुन प्रकरणबारे सरकारलाई कुनै पनि छानबिनका लागि सघाउन तयार छु। अनुसन्धानका लागि बोलाउनुस् भने पनि बोलाइँदैन भने मैले क गर्ने’, उनले प्रश्न गरे।

महराले सुन प्रकरणमा मुछिएका चिनियाँ नागरिक वाङलाई फलफूल व्यापारीका रुपमा मात्र चिनेको दाबी गरे। वाङले आफूलाई भेटेर एक जना साथीको इलेक्ट्रोनिक चुरोट भन्सारमा रोकिएको र भन्सारबाट निकालिदिन भनेर आग्रह गरेकाले सहयोग मात्रै गरेको बताए।

इलेक्ट्रोनिक चुरोटमा सुनका बन्डल तस्करी हुँदै आएकामा नेता महरा बाबुछोराले वाङलाई सघाएको सप्रमाण समाचार आइरहेका छन्। सत्तारुढ नेकमा माओवादी नेता भएकै कारण महरामाथि छानबिन नगरिएको बताइन्छ।

प्रकाशित: Aug 15, 2023| 15:16 मंगलबार, साउन ३०, २०८०
प्रतिक्रिया दिनुहोस्