काठमाडौं– एमालेले स्थायी कमिटी सदस्य मणि थापासँग स्पष्टीकरण सोध्ने भएको छ। थापा पुष्पकमल दाहाल नेतृत्वको नेकपा माओवादी छाडेर एमाले भित्रिएका थिए।
एमाले सचिवालयको सोमबारको बैठकले पछिल्लो समय पार्टी गतिविधिबाट निष्क्रिय बसेका थापासँग सोधपुछ गर्ने निर्णय भएको हो।
पार्टी नेतृत्वसँगै असन्तुष्ट थापाले गत वर्ष फागुनमा सुरु भएको एमालेको ‘मिसन ग्रासरुट’ अभियान अगाडि नै बिदामा बस्न चाहेको बताएका थिए। त्यतिबेलादेखि नै थापा एमालेबाट बाहिरिने लख काटिएको थियो।
आज मात्रै अर्का स्थायी कमिटी सदस्य केशव स्थापितले एमाले छाडेका छन्। पूर्वमाओवादी नेता थापालाई एमालेले कुनै जिम्मेवारी नदिएपछि पार्टी गतिविधिमा निष्कृय हुँदै आएका छन्।