आइतबार, वैशाख २७, २०८३

मणि थापासँग स्पष्टीकरण सोध्ने एमाले निर्णय

एमाले सचिवालयको सोमबारको बैठकले पछिल्लो समय पार्टी गतिविधिबाट निष्क्रिय बसेका थापासँग सोधपुछ गर्ने निर्णय भएको हो।
 |  मंगलबार, साउन ३०, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३०, २०८०

काठमाडौं– एमालेले स्थायी कमिटी सदस्य मणि थापासँग स्पष्टीकरण सोध्ने भएको छ। थापा पुष्पकमल दाहाल नेतृत्वको नेकपा माओवादी छाडेर एमाले भित्रिएका थिए।

National life

एमाले सचिवालयको सोमबारको बैठकले पछिल्लो समय पार्टी गतिविधिबाट निष्क्रिय बसेका थापासँग सोधपुछ गर्ने निर्णय भएको हो।

पार्टी नेतृत्वसँगै असन्तुष्ट थापाले गत वर्ष फागुनमा सुरु भएको एमालेको ‘मिसन ग्रासरुट’ अभियान अगाडि नै बिदामा बस्न चाहेको बताएका थिए। त्यतिबेलादेखि नै थापा एमालेबाट बाहिरिने लख काटिएको थियो।

आज मात्रै अर्का स्थायी कमिटी सदस्य केशव स्थापितले एमाले छाडेका छन्। पूर्वमाओवादी नेता थापालाई एमालेले कुनै जिम्मेवारी नदिएपछि पार्टी गतिविधिमा निष्कृय हुँदै आएका छन्।

प्रकाशित: Aug 15, 2023| 14:21 मंगलबार, साउन ३०, २०८०
प्रतिक्रिया दिनुहोस्