आइतबार, वैशाख २७, २०८३

एमालेबाट बाहिरिए केशव स्थापित

काठमाडौंको मेयर भएका बेला काम गरेर भन्दा बोलेर चर्चा कमाएका स्थापितले प्रजापरिषद्, राजावादी, जसपा हुँदै पुनः एमाले फर्किएर राजनीति गरेका हुन्।
 |  मंगलबार, साउन ३०, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३०, २०८०

काठमाडौं– एमाले केन्द्रीय सदस्य केशव स्थापितले पार्टीका सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन्। २०५४ मा एमालेबाट काठमाडौं महानगरको मेयर निर्वाचित स्थापित पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा पुनः मेयरमै मनोनीत भएका थिए।

National life

२०७९ वैशाखको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरको मेयरका उम्मेदवार थिए। तर उनलाई बालेन साहले पराजित गरेका थिए।

स्थापित केही समय एमाले छाडेर अशोक राई नेतृत्वको संघीय समाजवादीमा क्रियाशील भएका थिए। २०७० को दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं ६ बाट उम्मेदवार बने पनि पराजित भएका थिए। 

त्यसपछि एमालेमै फर्किएर काठमाडौं ६ बाट प्रदेशसभा सदस्य निर्वाचित भएका स्थापित बागमती प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री बनेका थिए। तर मुख्यमन्त्री डोरमणि पौडेलसँग विवाद हुँदा मन्त्रीबाट हटाइएका थिए।

प्रकाशित: Aug 15, 2023| 11:21 मंगलबार, साउन ३०, २०८०
प्रतिक्रिया दिनुहोस्