काठमाडौं– १० साउनदेखि अवैध सुन प्रकरणलाई लिएर अवरुद्ध संघीय सदनका दुवै बैठक अवरुद्ध छन्। आजको प्रतिनिधिसभा बैठक पनि एमाले अवरोधका कारण स्थगन भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले एमालेबाट संसद् हाइज्याक (अपहरण)मा परेको बताएका छन्। आजको प्रतिनिधिसभा बैठक एमाले अवरोधले चल्न नसकेपछि रास्वपा सभापति लामिछानेले ट्वीट गर्दै संसद् हाइज्याक (अपहरण)मा परेको बताएका हुन्।
एमाले ३ साउनमा विमानस्थल भन्सारबाट जाँचपास भई बाहिरिएपछि बरामद भएको अवैध एक क्विन्टल सुन तस्करी छानबिन गर्न उच्चस्तरीय आयोग माग्दै संसद् चल्न दिएको छैन।
रास्वपाले पटक–पटक संसद् अवरुद्ध भएपछि सभामुख देवराज घिमिरेलाई भेटेर ज्ञापनपत्र बुझाउनुका साथै नचल्दासम्मको सुविधा नलिने घोषणा गरिसकेको छ।