बुधबार, जेठ २७, २०८३

नेइमार साउदी क्लब अल-हिलालमा जाने

 |  सोमबार, साउन २९, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, साउन २९, २०८०

काठमाडौं- फ्रेञ्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले ब्राजिलियन फरवार्ड नेइमारलाई साउदी प्रो लिग क्लब अल-हिलाललाई ९० मिलियन युरोमा बेच्ने सम्झौता गरेको छ। ३१ वर्षीय नेइमारको अब मेडिकल र आवश्यक कागजी प्रक्रिया पूरा गर्न बाँकी रहेको बिबिसीले जनाएको छ।

National life

२०१७ मा विश्व कीर्तिमानी शुल्क २२२ मिलियन युरोमा पीएसजीमा आवद्ध भएका नेइमारले शनिबार लिग वानको पहिलो गुमाएका थिए। उनलाई नयाँ सिजनका लागि प्रशिक्षक लुइस एनरिकले आफ्नो योजनाको हिस्सा बनाएका थिएनन्।

नेइमारले फ्रान्सेली क्लबबाट वार्षिक २५ मिलियन युरो कमाउने गरेका थिए। नेइमार सम्झौताको खबर पिएसजी र फरवार्ड केलियन एमबाप्पेबीच सकारात्मक वार्तापछि आएको हो। एमबाप्पे पहिलो टोलीको प्रशिक्षणमा पुन: समावेश भएको २४ घण्टापछि नेइमार साउदी जाने पक्का भएको हो।

गत महिना साउदी क्लबले विश्व कीर्तिमानी २५९ मिलियन पाउन्डको प्रस्तावपछि पिएसजीले अल-हिलाललाई एमबाप्पेसँग कुरा गर्न अनुमति दिएको थियो। यो सिजन करिम बेन्जेमा, एन'गोलो कान्टे, जोर्डन हेन्डरसन, रुबेन नेभ्स, साडियो माने र रोबर्टो फिरमिनोजस्ता साउदी अरब गएका छन्। पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो गत जनवरीमा म्यानचेस्टर युनाइटेडबाट अल-नासरमा आवद्ध भएका थिए।

 

Shivam cement

प्रकाशित: Aug 14, 2023| 20:26 सोमबार, साउन २९, २०८०
प्रतिक्रिया दिनुहोस्