काठमाडौं– एमालेले प्रदेश अधिवेशन मिति सारेको छ। आज च्यासलस्थित पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले प्रदेश अधिवेशनको मिति हेरफेर गरेको हो।
एमालेले लुम्बिनी प्रदेश अधिवेशन १६–१७ भदौ, मधेसमा ५–६ असोज, बागमतीमा ८–९ असोज, कर्णालीमा १०–११ असोजको मिति तोकिएको नेता गोकर्ण विष्टले जानकारी दिए।
यस्तै, कोशीमा १२–१३, गण्डकीमा १५–१६, १९–२० असोजमा उपत्यका विशेष र २१–२२ असोजमा सुदूरपश्चिम प्रदेशमा अधिवेशन गर्ने नयाँ मिति तोकिएको छ।