आइतबार, वैशाख २७, २०८३

एमालेको नाराबाजीपछि संसद् बैठक स्थगित

 |  सोमबार, साउन २९, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, साउन २९, २०८०

काठमाडौं- एक क्विन्टल सुन प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति माग गरिरहेको नेकपा (एमाले) ले आज पनि संसद्‍मा नाराबाजी गरेको छ। सभामुख देवराज घिमिरेले शून्य समय सुरू गर्न लाग्दा एमाले सांसदहरू उठेर नाराबाजी गरेका हुन्।

National life

त्यसअघि एमालेका सांसद मानवीर राईले उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने आफूहरूको माग कायम रहेको बताएका थिए। एमालेको अवरोधले साउन १० गतेपछि संसद् बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन।

एमालेका सांसदहरु नाराबाजीमा उत्रिएपछि सभामुखले प्रतिनिधि सभाको बैठक ३ भदौसम्मलाई स्थगित गरेका छन्।

 

प्रकाशित: Aug 14, 2023| 15:18 सोमबार, साउन २९, २०८०
प्रतिक्रिया दिनुहोस्