आइतबार, वैशाख २७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सुन तस्करीमा महराको संलग्नताबारे माओवादी छानबिन अस्वीकार्यः गगन थापा

सुन तस्करीमा महराको संलग्नताबारे माओवादी छानबिन अस्वीकार्यः गगन थापा

आइतबार बेलुकी बसेको माओवादीको पदाधिकारी बैठकले महरालाई सुन तस्करी प्रकरणबारे स्पष्ट पार्न निर्देशन दिइएकामा महामन्त्री थापाको आपत्ति। 
 |  सोमबार, साउन २९, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, साउन २९, २०८०

काठमाडौं– अवैध सुन तस्करी प्रकरणमा मुछिएका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुलमाथिको छानबिन नेकपा माओवादी केन्द्रबाट नभई सीआईबीबाट हुनुपर्ने कांग्रेस महामन्त्री गगन थापाले बताएका छन्।

National life

बानेश्वरमा बसिरहेको कांग्रेस संसदीय दलको बैठकमा महामन्त्री थापाले सुन तस्करीको आरोप लागेका महरा बाबुछोरामाथि सबै छानबिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई दिनुपर्ने बताएका हुन्।

आइतबार बेलुकी बसेको माओवादीको पदाधिकारी बैठकले महरालाई सुन तस्करी प्रकरणबारे स्पष्ट पार्न निर्देशन दिइएकामा महामन्त्री थापाले आपत्ति जनाए।

गृह मन्त्रालय सम्हाल्दै आएको नेकपा माओवादीले महरामाथिको छानबिन गर्न सीआईबीलाई सघाउनुको साटो आफैंले छानबिन गर्ने निर्णय कांग्रेसले नमान्ने उनको भनाइ थियो।

‘माओवादी पदाधिकारी बैठकले सुन तस्करीमा मुछिएका महरालाई प्रस्ट पार्न भनेको छ। यो  पार्टीको बैठकले भन्ने होइन। सुन तस्करी छानबिन गरिरहेको सीआईबीले छानबिन गरेर यथार्थ बाहिर ल्याउने हो’, उनले भने।

प्रकाशित: Aug 14, 2023| 14:04 सोमबार, साउन २९, २०८०
प्रतिक्रिया दिनुहोस्