काठमाडौं– सुन तस्करी प्रकरणलाई लिएर संसद् अवरुद्ध गर्दै आएको मुख्य प्रतिपक्ष एमालेको सचिवालय बैठक ललितपुरस्थित पार्टी मुख्यालय च्यासलसमा सुरु भएको छ।
पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीको आन्तरिक कार्यक्रम तथा सांगठनिक संरचना, सुन तस्करी प्रकरण, संसद् गतिरोधलगायतका विषयमा छलफल गर्न सचिवालय बैठक बोलाइएको एमालेले जनाएको छ।
बैठकमा बाढीपहिरो, डुबान, सरकारबाट हुँदै आएका काम–कारबाहीलगायत विषयमा पनि छलफल भइरहेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले बताए।