आइतबार, वैशाख २७, २०८३

संसद् बैठकको ८ बुँदे कार्यसूची, तर चल्न दिँदैन एमाले

 |  सोमबार, साउन २९, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, साउन २९, २०८०

काठमाडौं- संघीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ। आजको बैठकका लागि आठ वटा कार्यसूची निर्धारण गरिएका छन्।

National life

१ बजिसके पनि बैठक सुरु भएको छैन। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्ने भएपछि बैठक सुरु हुन नसकेको हो।संसद् बैठक सुरु हुने बेला एमालेको सचिवालय बैठक बसिरहेको छ। पार्टी मुख्यालय च्यासलमा साढे १२ बजे बैठक सुरु भएको हो।

अहिले नै सत्तारूढ दल नेपाली कांग्रेस संसदीय दलको पनि बैठक बसिरहेको छ। कांग्रेसले अवरुद्ध संसद्, संसद्‍मा विचाराधीन विधेयक, सरकारका कामकारवाही, नागरिक सरोकारका विषय र शैक्षिक प्रमाणपत्र किर्ते आरोपमा मुछिएका सांसद सुनिल शर्माबारे निर्णय गर्दैछ।

सय किलो सुन तस्करी प्रकरणको अनुसन्धानका लागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग राखेर एमालेले साउन १० गतेदेखि संसद् चल्न दिएको छैन। बैठक नियमित कार्यसूचीमा प्रवेश गर्नै नपाई स्थगित हुने गरेको छ।

आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउने, सभामुखले नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउने, प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी निलम्बन भएको जानकारी गराउने, प्रतिनिधि सभा सदस्य सुनिलकुमार शर्मा पक्राउ परेको र थुनामुक्त भएको जानकारी गराउने लगायत कार्यसूची छन्।

 

प्रकाशित: Aug 14, 2023| 13:09 सोमबार, साउन २९, २०८०
प्रतिक्रिया दिनुहोस्