बिहीबार, जेठ २८, २०८३

पहिरोका कारण ९ स्थानमा सडक अवरुद्ध

 |  सोमबार, साउन २९, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, साउन २९, २०८०

काठमाडौं- अविरल वर्षाका कारण पहिरो जाँदा दार्चुला, सिन्धुपाल्चोक, मुगु, डडेल्धुरा, पाल्पा, रोल्पा र रूकुम (पूर्व) का विभिन्न ९ ठाउँमा सडक अवरोध भएको छ।

National life

पहिरोका कारण दार्चुलाको शैल्यशिखर नगरपालिका-६ पनेबाँजस्थित गोकुलेश्वर- दार्चुला हाईवे सडकखण्ड, सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-२ चनौटेस्थित मेलम्ची- हेलम्बु सडकखण्ड तथा पाँचपोखरी थाङपाल गाउँपालिका-८ उत्तिसघारीस्थित मेलम्ची- भोताङ सडकखण्ड अवरुद्ध छन्।

यसैगरी मुगुको छायानाँथ रारा नगरपालिका-७ टोप्लास्थित जुम्ला-नाग्म-मुगु सडकखण्ड, डडेल्धुराको गन्यापधुरा गाउँपालिका-२ रडुवास्थित डडेल्धुरा-दिपायल सडकखण्ड तथा आलिताल गाउँपालिका-१ हगुल्टेस्थित भिमदत्त राजमार्ग, पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित सिद्धार्थ राजमार्ग, रोल्पाको त्रिवेणी गाउँपालिका-२ भागोबारीस्थित घोराहीदेखि थवाङ जाने शहिदमार्ग सडकखण्ड र रूकुम (पूर्व)को सिस्ने गाउँपालिका-६ कोरबासस्थित मध्य पहाडी लोक मार्गमा सडक अवरोध भएको हो।

पहिरो गएका स्थानहरूमा नजिकैको प्रहरी कार्यालयबाट तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै सम्बन्धित निकायसँग समन्वय गरी अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ।

प्रकाशित: Aug 14, 2023| 12:43 सोमबार, साउन २९, २०८०
प्रतिक्रिया दिनुहोस्