काठमाडौं– जनमत पार्टी माओवादी भागबन्डाको मन्त्रालय लिएर चार महिनापछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएको छ। जनमतबाट केन्द्र सरकारमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको जिम्मेवारी सम्हालेकी अनितादेवी साहले सपथ लिएकी हुन्।
राष्ट्रपति कार्यालय शीतलनिवासमा आज बिहान आयोजित समारोहमा नवनियुक्त मन्त्री साहलाई राष्ट्रपति रामचन्द्र पौडेलले सपथ खुवाएका हुन्।
सत्तारुढ नेकपा माओवादीले यसअघि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रहेका अमनलाल मोदीलाई हटाएर जनमत पार्टीलाई सरकारमा भित्र्याएको हो। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकले मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको थियो।