बिहीबार, साउन १, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • ओलीलाई भेटेपछि कांग्रेस सांसद शर्माले भने- अब देउवा, ओली, कोइराला हुँदै गगन प्रधानमन्त्री हुन्छन्

ओलीलाई भेटेपछि कांग्रेस सांसद शर्माले भने- अब देउवा, ओली, कोइराला हुँदै गगन प्रधानमन्त्री हुन्छन्

 |  आइतबार, साउन २८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, साउन २८, २०८०

vianetvianet

काठमाडौं- नेपाली कांग्रेसका सांसद सुनिल शर्मा बालकोट पुगेका छन्। सांसद शर्मा आज बिहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका हुन्।

ओलीसँग भेटेपछि बाहिरिने क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आतंककारीको संज्ञा दिँदै पदबाट राजीनामा दिनुपर्ने बताए। उनले सदनमा गोप्य मतदान गरे प्रचण्डको पक्षमा २० मत पनि नआउने दाबी गरे। माओवादीकै सांसदहरू पनि प्रचण्ड र गृहमन्त्रीको गतिविधिप्रति असन्तुष्ट रहेको शर्माको जिकिर छ। आफूले जनताको पक्षमा बोलेकाले ज्यानको सुरक्षामा खतरा रहेको उनले बताए। शर्माले अब कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्ने बताए।

अब कांग्रेसको नेतृत्वमा पहिलो चरणमा र दोस्रो चरणमा एमाले नेतृत्वको सरकार बनाउनुपर्ने उनले बताए। शेरबहादुर, ओली, शेखर कोइराला हुँदै गगन थापा प्रधानमन्त्री बन्ने दाबी उनले गरे।

उनले आगामी दिनमा आफू कांग्रेसको नेतृत्व गर्ने व्यक्ति भएकाले एमाले प्रवेश गर्ने कुरामा सत्यता नभएको बताए। गृहमन्त्रीले राजीनामा नदिए एक्लै भए पनि संसद् अवरोध गर्ने चेतावनी उनले दिए। प्रधानमन्त्रीले अहिले फण्डामात्रै देखाएको जिकिर गर्दै शर्माले आज बस्ने पार्टी संसदीय दलको बैठकमा पनि कुरा राख्ने बताए।

अदालतको आदेशपछि उनी आजमात्रै हिरासतमुक्त भएका हुन्। शुक्रबार काठमाडौं जिल्ला अदालतले थुनामा राख्न नपर्ने आदेश दिएपछि शर्मा छुटेका थिए। नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा सीआईबीले उनलाई पक्राउ गरेको थियो। अदालतको आदेशमा छुटेपछि शर्माले केपी ओली राष्ट्रनायक भन्दै जिन्दावादको नारा लगाएका थिए।

प्रकाशित: Aug 13, 2023| 13:14 आइतबार, साउन २८, २०८०
प्रतिक्रिया दिनुहोस्