आइतबार, वैशाख २७, २०८३

जनमतलाई सरकारमा लैजान माओवादीका एक मन्त्री हटाइँदै

 |  आइतबार, साउन २८, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, साउन २८, २०८०

National life

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिपरिषद् हेरफेर गर्दैछन्। माओवादी केन्द्रका एकजना मन्त्री हटाएर सिके राउत नेतृत्वको जनमत पार्टीकी अनिता देवीलाई मन्त्री बनाउन लागिएको हो।

२५ सदस्यीय मन्त्रिपरिषद् पूर्ण भइसकेकाले जनमतलाई सहभागी गराउन एकजना मन्त्री हट्नैपर्नै हुन्छ। प्रधानमन्त्रीले आफ्नै पार्टीका एक मन्त्रीलाई हटाउने भएका छन्। प्रचण्डले कसलाई सरकारबाट फिर्ता बोलाउँछन् भन्ने खुलेको छैन।

जनमतले यसअघि नै अनिता देवीलाई मन्त्री सिफारिस गरिसकेको छ। जनमत यसअघि संघीय सरकारमा सहभागी भएको थियो। तर, मन्त्रालय भागबन्डामा असन्तुष्टि जनाउँदा गत चैतमा बाहिरिएको थियो।

प्रकाशित: Aug 13, 2023| 07:25 आइतबार, साउन २८, २०८०
प्रतिक्रिया दिनुहोस्